दाङमा डेढ करोडको लगानीमा भैँसीपालन, दुध बेचेर मासिक डेढ लाखको आम्दानी

लिलाधर वली

दाङ, १४ माघ। दाङमा एक व्यक्तिले डेढ करोड बढीको लगानीमा व्यावसायिक भैँसीपालन गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ४ भानपुर निवासी शरद बुढाथोकीले ठूलो लगानीमा व्यावसायिक भैँसीपालन गरेका हुन् ।

Blog Post Ad

भैँसीपालनबाट उनले मासिक डेढ लाख बढी आम्दानी समेत गर्ने गरेका छन् । करिब ६ वर्ष वैदेशिक रोजगारीका क्रममा विभिन्न देश बसेर स्वदेश फर्किएका उनले अहिले व्यावसायिक भैँसीपालन गरेका छन् । करिब दश वर्ष अघि घरमा दूध खाने एउटा भैँसी किनेर पाल्न सुरु गरेका बुढाथोकीले अहिले ४५ वटा भैँसी पु¥ययाएका छन् ।

Blog Post Ad

व्यावसायिक भैँसीपालन गर्ने सोच बनाएपछि उनले दुई वर्ष पहिले बडीमालिका पशुपालन प्रालि फर्म दर्ता गरेर व्यावसायिक भैँसीपालन सुरु गेको बताए । ‘सुरुमा घरमा दुध खाने उद्देश्यले भैसीपालन गरेको थिए’–उनले भने–‘एउटा भैँसीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक भैँसीपालन गर्ने सोच बनाए ।’

उनले त्यही सोचका कारण एउटा भैँसीबाट दुई र दुईबाट चार हँुदै अहिले साना र ठूला गरेर ४५ वटा पु¥याएका छन् । एउटा भैँसीबाट सुरु गरेको व्यवसाय अहिले भैँसी र पाडाहरु ४५ वटा छन् । उनीहरुमध्ये २५ वटा माउभैँसीहरु रहेका छन् । बाँकी पाडाहरुसँगै अन्य भैँसी रहेका छन् । उनले स्थानीय जातका भैँसीसँगै दूधका लागि मुर्रा जातका भैँसी पालेका छन् ।

कमाउनका लागि वैदेशिक रोजगारीमा गैरहनुभन्दा स्वदेशमै केही गरौँ भनेर पशुपालन व्यवसायमा लागेको बताउँछन् । ‘पैसाकै लागि भन्ने हो विदेशमा महिनामा डेढ लाखसम्म कमाउने गरेको थिए, तर कति विदेश मात्र जाने आफ्नै ठाउँमा केही गरौँ भनेर भैँसी र गाई पाल्न सुरु गरेको हुँ’–उनले भने–‘अहिले व्यवसायसँगै आम्दानी पनि राम्रै भइरहेको छ ।

’ उनले अन्य व्यवसायको तुलनामा पुशपालन व्यवसायमा मिहिनेत धेरै भए पनि आम्दानी पनि राम्रै लिन सकिने बताउँछन् । २५ वटा माउभैँसीहरुमध्ये १८ वटा भैँसीले दूध दिने गरेका छन् । ती भैँसीहरुले दैनिक सय लिटर बराबर दूध दिने गरेको उने बताए । जसबाट उनले मासिक दुई लाख बढी आम्दानी गर्दछन् ।

दूध विक्रीबाट भएको आम्दानी भैँसीका लागि दानापानीमा खर्च गर्दा पनि डेढ लाख रुपैयाँ त बचत गर्ने गरेको बताए । तत्काललाई ५० भैँसी पाल्ने र दीर्घकालीन रुपमा एक सय माउभैँसी पु¥याउने लक्ष्य लिएका उनलाई भैँसीले उत्पादन गरेको दूध विक्री गर्नलाई समेत समस्या नभएको बताए । ‘अहिले सय लिटर दूध दैनिक भैँसीले दिने गरेको छन्’ उनले भने– ‘यो दुध विक्री गर्न मलाई कुनै समस्या छैन ।’

गाउँघर र सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरुलाई नै पुग्दैन । एक सय ५० जना उनका नियमित ग्राहकहरु रहेको समेत उनले बताए । जसले गर्दा आपूmलाई घाटा खाएर दूध विक्री गर्नुपर्ने समस्या नरहेको समेत बताए ।

‘डेरीलाई दूध विक्री गर्दा किसानहरुले घाटा खानुपर्ने वाध्यता हुन्छ तर मलाई डेरीमा विक्री गर्नुपर्ने वाध्यता छैन, घरबाटै दूध विक्री गर्ने गरेको छु’ उनले भने– ‘त्यसैले मलाई कुनै घाटा छैन ।’ भैँसीको संख्या बढाउँदा समेत दूध विक्रीमा समस्या नहुने बताउँछन् । व्यावसायिक रुपमा एक सय भैँसी पु¥याउने लक्ष्य राखेका उनले भैँसीको दूधबाटै आइसक्रिम, चकलेट बनाउने सोच समेत बनाएका छन् ।

त्यही अनुसार भैँसीको गोठ बढाउनेदेखि योजना निर्माण समेत बनाएको बताए । भैँसीपालनका लागि उनलाई प्रदेश सरकारले गोठ निर्माणका लागि २० लाख रुपैयाँ अनुदान दिएको समेत बताए । बाँकी भैँसी भने आफै लगानी गरेको बताएका छन् ।

कृषि व्यवसायमा सम्भावना नदेखेर विदेशतिर लागिरहेका युवाहरुका लागि पछिल्लो समय जिल्लामा उनी उदाहरण समेत बनेका छन् ।