दाङ, ७ माघ । सवारी दुर्घटनामा परेर बेपत्ता भएका पश्चिम दाङका एक युवाको शब १३ दिनपछि फेला परेको छ । गत पुस २३ गते भेरी नदिमा बेपत्ता बबई गाउँपालिका–६ कौशिलापुर निबासी १७ बर्षिय बिजय सुनारको शव १३ दिन पछि फेला परेको हो ।
उहाँको शव सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर १२ बेतनीखोला स्थित भेरी नदीको किनारमा हिजो बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतकको शव पानीमा डुवेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । गएको पुस २३ गते कालिमाटी सल्यान हुदै सल्लीबजार जादै गरेको ना ५ ख ७७५० नम्वरको बस दुर्घटना भएको थियो ।

सोहि दुर्घटनामा परि सुनार बेपत्ता हुनु भएको थियो । प्रहरीका अनुसार सोहि दुर्घटनामा परि चालकको मृत्यु भएको थियो भने अर्का एक जना घाईते भएका छन् ।
बस चालक बबई गाउँपालिका ३ का सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । सल्यान कालिमाटी गाउँपालिका वडा नम्वर ४ खैरेनी बस्ने ३० बर्षिय दिपक भनिने ईश्वर सुनार घाईते भएको प्रहरीले बताएको छ ।