Ad Area
Ad Area

भरूवा बन्दुक पड्किदा एक जनाको मृत्यु

दाङ, ७ माघ । भरूवा बन्दुक पड्किदा पाल्पामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। आज बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो।

Blog Post Ad

मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए। मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताए।

Blog Post Ad

मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ad Area