Ad Area
Ad Area

भालुवाङमा प्रदेश स्तरिय हरित पार्कका लागि स्थलगत अवलोकन

तिर्थराज ज्ञवाली

दाङ, ७ माघ । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र रहेको भालुवाङ आसपासमा निर्माण हुने प्रस्तावित हरित पार्कको लागि स्थलगत रुपमा अध्यन गरिएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय बातावरण विभागको सहयोगमा निर्माण हुने प्रस्तावित पार्ककोे लागि पाखापानीको उत्तर तर्फको क्षेत्रको अवलोकन गरिएको हो ।

Blog Post Ad

बातावरण मैत्रि शहरी बृक्षरोपण अभियान अन्तरगत एक प्रदेशमा एक स्थानीय तहसँगको लागत साझेदारीमा निर्माण हुने हरित उद्यानका लागि पाखापानीको उत्तर तर्फको क्षेत्र छनौट गरिएको हो ।

Blog Post Ad

वन तथा वातावरण मन्त्रालय बातावरण विभागबाट प्रस्तावना, जिपी यस लोकेशन सहित अढाई बिघा जग्गा माग भएकोमा स्थानीय स्तरमा सञ्चालनमा रहेको पार्क क्षेत्रको प्रवद्धन गर्दै लैजाने गरी सर्बे गरिएको हो ।

धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गरिने प्रस्तावित हरित पार्कको जिपी यस लोकेशन लिने कार्य सम्पन्न गरिएको छ । वन क्षेत्र, खाली चौर तथा सिमसार क्षेत्र समेत रहेको सो क्षेत्रको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अवलोकन समेत गर्नु भएको छ ।

Ad Area