प्यूठानमा भत्ता पाउन जेष्ठ नागरिकलाई सकस

दाङ, ७ माघ । प्यूठानको गौमुखी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिने व्यवस्था गरे पनि छिटो छरितो नहुदा जेष्ठ नागरिकहरुले सास्ती खेप्न बाध्य भएका छन् । भत्ता लिन बैंकमा पुगेका बृद्धहरुले दुई तीन दिनसम्म बास बस्नुपरेको गुनासो गरेका छन् ।

Blog Post Ad

बंैकमा भत्ता पाउन बृद्धबृद्धा लाइनबस्नुपर्ने र कहिले इन्टरनेटको समस्या त कहिले अन्य समस्या देखाउदा थप सास्ती भएको उनिहरुको गुनासो छ । गौमुखी गाउँपालिकाले गएको साउन महिनादेखि कार्तिक महिनासम्मको सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ ।

Blog Post Ad

पहिला घरदैलोमै पुगेर दिइने भत्ता सहजताका लागि बैंक मार्फत् वितरण सुरु गरिएको हो । तर, यसबाट बृद्धबृद्धालाई झनै समस्या भएको छ । बृद्धबृद्धाले समस्या झेल्नुको कारण बंैकको कमजोरी रहेको जनप्रतिनिधिको भनाइ छ ।

सामाजिक सुरक्षा भत्तामा हुदै आएको अनियमितता रोक्न बैकिङ्ग प्रणाली अवलम्बन गरिएको थियो । तर, यसलाई प्रभावकारी नबनाउदा जेष्ठ नागरिकले सास्ती खेपिरहेका छन् ।