शिवु खनाल
दाङ, ३ माघ । नेपाल कम्युनिष्ट पाटी नेकपा प्रचण्ड माधब समुहका अध्यक्ष माधव कुमार नेपालले पार्टी भित्र विधि र पद्धतीको पालना नहुदा कम्युनिष्ट पार्टी संकटमा परेको बताउनुभएको छ । पार्टीमा निति प्रधान भन्दा व्यक्ति प्रधान हुनै नसक्ने जिकिर गर्दै आवश्यक छलफल र बहसको पक्षमा केपि शर्मा ओली नहुदा समस्या उत्पन्न भएको उनले बताउनु भयो ।

प्रचण्ड माधब समुहको नेपाल कम्युनिष्ट पाटी नेकपा दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा बृहत प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताउनुभयो । कम्युनिष्ट पार्टिको विचार र सिद्धान्त लाई मतलव नगरी श्वेच्छाचारी निर्णय गर्ने केपि ओली एक सन्की शासक भएको समेत बताउनुभएकाे थियोे ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले बहस र विवादले पार्टीलाई मजबुद बनाउने भनिएता पनि त्यो ओलीले कहिल्यै नस्वीकारेको बताउनुभयाे । नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठले सविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जनताको जिम्मेवारी माथि नै प्रहार गरेको तर्क राख्नुभयाे । नेता श्रेष्ठले चुनाव चिन्ह र आधिकारीक दलको मान्यता आफुहरुले नै पाउने दावि समेत गर्नु भएको थियो ।
सो अवसरमा पुर्व सभामुख कृष्ण बहादुर महरा, स्थायी कमिटि सदस्यहरु बर्षमान पुन, युवराज ज्ञवाली, नेकपा लुम्बिनि प्रदेश अध्यक्ष ओनसरी घर्ति लगायतले प्रधानमन्त्री ओलीले सविधानमा कु भएको बताउदै जनताको जनादेशमा घात गरेको समेत बताउनुभएकाे थियोे । नेकपा दाङका कार्यालय सदस्य हिराचन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुवास पुनले गर्नु भएको थियो ।