Ad Area
Ad Area

नेपालमा २४० संक्रमित थपिए, ६ जनाको मृत्यु

दाङ, ३ माघ । नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ। 

शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। 

Blog Post Ad

गत २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।  

Blog Post Ad
Ad Area