(वैशाख १२ गते) नेपालको इतिहासकै एक शक्तिशाली भूकम्प हो

शिवु खनाल

Blog Post Ad

दाङ, ३ माघ । २०७२ को महाभूकम्प (विसं २०७२ वैशाख १२ गते) नेपालको इतिहासकै एक शक्तिशाली भूकम्प हो । नेपालको स्थानीय समय अनुसार विसं २०७२ वैशाख १२ गते (सन् २५ अप्रिल २०१५) बिहान ११ः५६ बजे ७.८ ःध वा ८.१ ःक म्याग्निच्युड रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु गोर्खा जिल्लाको बारपाक बन्यो ।

Blog Post Ad

उक्त भुकम्पबाट हजारौं मानिसले अकालमा ज्यान गुमाउनु प¥यो । भर्खरै नेपालको २०७२ सालमा नयाँ वर्ष मनाइरहदा बैशाख बाह्र गते भुकम्पकाट हजारौं मानिसले अकालमा ज्यान गुमाउनुका साथै नेपालको नौ तले धरहरा ढल्यो ।

नेपालमा प्रत्येक वर्ष राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न प्रयोगात्मक कार्यक्रम गर्दै मनाइदै आइरहेको छ । जस अन्तरगत लमही नगरपालिकाले आयोजना, सशस्त्र प्रहरी बल नम्बर २९ भालुवाङ्, नम्बर ४१ अर्जुनखोला र नेपाल रेडक्रस सोसाइटी लमही शाखाको प्राविधिक सहयोगमा दाङको लमहीमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको छ ।

भुकम्पको जोखिमबाट निम्तिने विपद्बाट कसरी बच्न सकिन्छ र घर आगलागि भएमा उक्त जोखिमबाट कसरी बच्ने विषयमा जनचेतनामुलक सशस्त्र प्रहरीले कार्यक्रममा प्रयोगत्मक डेमो प्रदर्शनी गरेको थियो । सरकारले विपद् व्यवस्थापनको लागि प्राथमिकतामा राखेको छः सदस्य शर्मा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रेवतिरमण शर्माले भुकम्पको जोखिमबाट बच्न जनचेतना फैलान आवश्यक रहेको बताउनुभयो ।

‘सार्वजनिक दायित्वको क्षेत्र भएकाले महत्त्वको भएको छ, उहाँले भन्नुभयो,–। ‘अहिले सरकारले विपद् व्यवस्थापनको लागि प्राथमिकतामा राखेको छ । तीन तहका सरकारले यसमा काम गरिरहेका छन् ।’ विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सबै तहमा चेतनाको स्तर बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘सचेनाको लागि विद्यालयको पाठ्यक्रममा समेत विपद् व्यवस्थापनको बिषय समेट्नुपर्छ, उहाँले भन्नुभयो,–। ‘सामाजिक संघ संस्थाको भूमिका बढाउनुपर्ने हुन्छ ।’ कार्यक्रममा सघन सहकारी तथा भवन निर्माण आयोजना प्रमुख सचिनद्रकुमार देवले भुकम्पबाट बच्नका लागि भवन निर्माण बारे जानकारी गराउनु भएको थियो ।

उहाँले कस्ता घर बनाइयो भने विपद्का बेला सुरक्षीत हुन सकिन्छ जस्ता महत्त्वपूर्ण कुराको बारेमा कार्यक्रममा जानकार गराउनु भएको थियो । यस्तै जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले नेपाल भुकम्प हिसाबले विश्वको एघारौं स्थानमा पर्ने भएको हुनाले समय–समयमा भुकम्प सुरक्षा सम्धिनी जनचेतनामूलक प्रयोगत्कम डेमो प्रदर्शनी कार्यक्रमको आयोजना गरि गाउँ–गाउँमा जनचेतना जोगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘गाउँ–गाउँमा भुकम्प प्रतिरोधात्मक सम्बन्धि सुचना नपुगेको हुनाले जनचेतनामूलक प्रयोगत्कम डेमो प्रदर्शनी कार्यक्रम बजार केन्द्रीत नचइ जनचेतना फैलाउन गाउँ केन्द्रीत हुन आवश्यक रहेको छ ।’

लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी गायत्री थापा र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोला प्रहरी निरिक्षक सुमन चालिसेले संयुक्तरूपमा गर्नु भएको थियो ।