जेसीजले बाह्रकुनेमा स्वास्थ्य शिबिर चलाउने

दाङं, २९ पुस । जेसीआई त्रिभुवन नगर र दाङ महिला जेसिजले भोली बाह्रकुने दह परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । माघि पर्वको अबसरमा मन्दिरमा पूजाआजाका लागि आउने दर्शनार्थीहरुलाई मध्यनजर गर्दै जेसिआई त्रिभुवननगर र दाङ महिला जेसीजले स्वास्थ्य शिबिर गर्न लागेका हुन् ।

शिबिरमा प्राथमिक उपचार सँगै विभिन्न औषधीहरु निशुल्क बितरण गरिने दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्टले जानकारी दिनुभएको छ । स्थानिय प्रशासन सहित मन्दिर व्यवस्थापन समिति सँगको समन्वयमा स्वास्थ्य शिबिर चलाउन लागिएको उहाँको भनाई छ ।

साथै मास्क र स्यानिटाईजरहरु समेत वितरण गरिने उहाँले बताउनुभयो । यस अघिका बर्षहरुमा पनि जेसीजले माघिमा स्वास्थ्य शिबिर चलाउदै आएको छ ।

Blog Post Ad