निर्वाचनको तयारी थालियो , साढे २४ हजार मतदाता थपिए

दाङं, २९ पुस । आगामी बैशाख १७ र २७ गते प्रतिनिधीसभाको निर्वाचन गर्नेसरकारले निर्णय गरे सँगै दाङमा पनि तयारी थालिएको छ । जस अन्तरगत आज मतदान पुनरावलोकन समितिको बैठक बसी आबस्यक तयारीलाई अघि बढाउने र माघ ९ गते मतदान स्थलको टुंगो लगाउने निर्णय गरेको छ ।

दश वटै स्थानियलाई मतदान स्थल र केन्द्रको थपघट गर्नुपर्ने भए माघ ७ गते सम्म लेखि पठाउन समय दिईएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभएको छ । त्यसपछि माघ ९ गते बैठक बसेर आबस्यक मतदान स्थल र केन्द्रको टुंगो लगाई केन्द्रमा पठाईने छ ।

२०७४ सालमा भएको निर्वाचनमा जिल्लाभरी एक सय ५१ मतदान स्थल र ३ सय ९४ मतदान केन्द्र निर्धारण गरिएको थियो । वितेको ३ बर्षको अबधीमा मतदाता संख्या थपघट भएकाले मतदान स्थल र केन्द्रको पनि पुनरावलोकन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

Blog Post Ad

यसैविच दाङमा तीन बर्षको अबधीमा साढे २४ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कुँवरका अनुसार २०७४ सालको निर्वाचनमा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता रहेको र अहिले २४ हजार ५ सय ३९ जना थपिएका छन् ।

अब निर्वाचन आयोगले ३ लाख ६३ हजार ४ सय ९२ जना मतदाताको आँकलन गरि नयाँ नाम दर्ता बाहेकका अध्याबधिक गर्ने काम भैरहेको सूचना अधिकृत कुँवरले जानकारी दिनुभयो ।