सरकारबाट सहयोग पाएपछि चलचित्र क्षेत्र पूर्ण रुपमा खुल्दै

दाङं, २९ पुस । नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ । नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले खुशी व्यक्त गरेको छ ।

भोली माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ । यस सँगै १० महिना देखि ठप्प रहेको चलचित्र उद्योग चलायमान हुने विश्वास गरिएको छ । नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिविधि तथा कामहरु गर्न अनुमति पनि दिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भीपीसी कस्ट, इन्कोडिग कस्ट, प्रचार प्रसार तथा पब्लिसिटीमा आर्थिक अनुदान दिने निर्णय भएको बताउनु भयो ।

Blog Post Ad

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताउनु भयो ।

यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भीपीसी कस्ट र इंकोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताउनु भयो ।