लायन्सका संस्थापक जोन्सको १४२ औँ जन्मदिनमा सामाजिक सेवा

दाङ, २९ पुस । लायन्स क्लव ईन्टरनेशनलका संस्थापक मेल्विन जोन्सको १४२ औँ जन्मदिन आज विभिन्न समाज सेवामुलक कार्यहरु गरेर मनाईएको छ । लायन्स क्वलव अफ घोराही सिटीको आजायोजनामा संस्थापक जोन्सको जन्मदिन आज विभिन्न समाज सेवाका कार्य गरेर मनाईएको छ ।

संस्थापक जोन्सको जन्मदिनको अवसरमा आज लायन्स क्वलव अफ घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठको अध्यक्षतामा आज मास्क तथा खाद्यान सहयोग र यात्रु प्रतिक्षालय शिलान्यास गरिएको छ । लायन्स क्लव एरिया ५ का एरिया चिफ युवराज थपलियाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि घोराही १६ सर्राको शेरबहादुर चोकमा माघ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी यात्रु प्रतिक्षालय शिलान्यासको शिलान्यास गरिएको हो ।

Blog Post Ad

लायन्स क्लव अफ घोराही सिटिले यात्रु प्रतिक्षालय निर्माणको जिम्मा लिएको छ । यस्तै घोराही १७ को गोरक्ष रत्ननाथ मन्दिर अन्तरगत रहेको बैद्धिक गुरुकुलका विद्यार्थीहरुका लागी खाद्यान्न सहयोग गरिएको छ । संस्थापक जोन्सको जन्मउत्सवका अवसरमा विद्यार्थीहरुका लागी चामल ३ कठ्ठा , दाल १ कठ्ठा, तेल एक पेटि र नुन १० थाल सहयोग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad

यस्तै घोराहीको रामपुर सिमलतारा स्कुलमा विद्यार्थीहरुका लागी १५ सय थान मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष शिवप्रसाद आचार्य, यरिया ५ का ईभ्यालुशन हेड लव अधिकारी लागाएतका पदाधिकारीको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।