मेलाका लागि तयार गरेको ५ क्विन्टल आलु नष्ट

दाङ, २९ पुस । दाङको लमही नगरपालिका ९ रिहारमा चटपटे पानीपुरी व्यवसायीको पाँच क्विन्टल उसिनेको आलुु गाईभैसीलाई दानाकोरुपमा प्रयोग गरिएको छ । रिहारमा यसवर्ष माघी मेला नलाग्ने भएपछि मेलाको लागी तयार पारिएका पाँच कुण्टल आलु घरमा रहेको गाईभैसीँलाई दानाकोरुपमा प्रयोग गर्न बाध्य भएको स्थानीय राजेन्द्रप्रसाद यादवले बताउनुुभएको छ ।

विगतमा जस्तै यस वर्ष पनि मेलालाई लक्षित गदै तयार पारिएको आलु खेर गएको यादवको भनाई छ । कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय दाङले दाङका कुनैपनि मठ–मन्दिर वा सार्वजनिक स्थानमा मेला संचालन गर्न रोक लगाएको छ ।

Blog Post Ad

कहिकतै मेला महोत्सव तथा भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सवैमा अपिल समेत गर्नुुभएको छ । प्रशासनले सामान्य पुजाआजा बाहेक अन्य मेला तथा भिडभाड गर्न रोक लगाएको छ ।