बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

दाङ, २९ पुस । सल्यान प्रहरीले बहुविवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका १ का २७ वर्षीय भरत बस्नेत र उनकी कान्छी श्रीमती ओखलढुङ्गा लिखु गाउँपालिका ९ की २१ वर्षीया लक्ष्मी परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती ललिता बस्नेतले प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । जाहेरीका आधारमा उनीहरूलाई ललितपुर महानगरपालिका १८ मगरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Blog Post Ad

बहुविवाह कसुरमा सल्यान अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिनुुभएको छ ।