लगनशिल र मेहनतका साथ काम गर्नुपर्छ,अनि मात्रै सफलता भेटिन्छ

घोराहीका लक्की सल्मानी विगत १५ वर्षदेखी यामाहा बाईकको आधिकारिक विक्रेता श्रेष्ठ अटोमोबाईल्समा कार्यरत हुनुहुन्छ । यसैविच आज हामीले वर्कशपदेखी सुरुवात गरेर शोरुमको म्यानेजर सम्म पुग्नु भएका लक्की सल्मानीसँग कुराकानी गरेका छौँ……..

लक्की सल्मानी

म्यानेजर

Blog Post Ad

श्रेष्ठ अटोमोबाईल्स यामाहा शोरुम, घोराही

स्वागत छ यहाँलाई ।

धन्यवाद ।

यामाहा शोरुमको यहाँसम्मको तपाईको यात्रा कस्तो भयो ?

जिन्दगीमा अहिलेसम्म धेरै संघर्ष गरेको छु । मेरो त्यही संघर्ष र लगनशिलताका कारण आज म सफल भएको छु । त्यसैको फलस्वरुपमा यामाहा शोरुम म्यानेजर सम्म हुन सफल भएको छु । वर्कशपदेखी सुरुवात गरेर अहिले शोरुम म्यानेजर सम्म हुन सकेको छु । मलाई म मेरो लक्ष्यमा पुग्दै छु जस्तो लाग्छ ।

यामाहा शोरुममा कार्यरत भईरहदा खेरी तपाई कत्तिको सन्तुष्ट हुन्छ ?

सन्तुष्ट भएर नै म यामाहा शोरुममै छु । के पनि हुन्छ भने संसारमै सन्तुष्ट त कोही मान्छे नै हुदैन् । आफुमा भर पर्ने कुरा हो, हामीले हरेक कुरामा कम्परमाईज गर्दै अघि बढ्नु पर्छ । यसबाट हुने आम्दानीबाट पनि म निकै खुशी र सन्तुष्ट छु । जिम्मेवारी पनि बढ्दै गएको छ ।

यामाहाको बजार अहिले कस्तो छ ?

यामाहाको बजार अहिले निकै राम्रो छ । अहिले हामीले बाईकहरु पनि सेवाग्राहीहरुलाई पुराउन सकेका छैनौँ । किनभने भारतबाटै अहिले स्टक आएको छैन् । हामी कहाँ कति चोटी सेवाग्राहीहरुले भनेको सामान समयमा पुराउन सकेनौ भने बाधा हुन्छ । त्यो बाहेक हामीले सबै सर्भिस सहज रुपमा दिईरहेका छौँ ।

तपाई लामो समयदेखी यामाहा शोरुममै किन हुनुुहुन्छ ?

धैरेले मलाई म लगानी लगाउछु । यस्तो गरौ, उस्तो गरौ पनि भने तर मैले यामाहा छाडेर अरु गर्न चाहेन । जहाँ जे गरे पनि आफु लगनशिल र मेहनती भएर काम गर्नुपर्छ । त्यसपछि मात्रै सफलता भेटिन्छ । यदि यो छोडे भन बरु आफ्नै गर्ने मेरो सोचाई छ । अहिले दाङको शोरुम, स्पेयरर्स , सेल्स मैले नै हेरिराको छु ।

यस्मा प्रतिस्पर्धा कस्तो छ ?

सबै क्षेत्र र काममा जस्तै यस्मा पनि प्रतिस्पर्धा छ । दाङमा मात्रै नभएर अहिले नेपाल भरिनै यामाहा र बजाजकै चलिरहेको छ । त्यसमा पनि हामीले यामाहाका बाईकलाई धेरैले रुचाउनु भएको छ । हामी सेवाग्राहीको लोकप्रिय बन्दै गएका छौँ ।

तपाई आफु यो स्थानमा पुग्नको लागी कस्तो खालको मेहनत गर्नु प¥यो ?

म यो स्थानमा पुग्नको लागी धेरै मेहनत र संघर्ष गर्नु प¥यो । यो सफलता त्यसै आएको होईन । जिम्मेवारी नै ठुलो कुरा हो । मैले मरो जिम्मेवारीलाई पुरा गरेकै कारण म आज यो स्थानमा छु ।

अन्त्यमा त्यस्तो केही छ भने भन्न चाहनु हुन्छ ?

नेपालमा अहिले त्यस्तो म्यानिफ्क्चरिङ कम्पनी कुनै पनि छैन् । कहिले काही स्पेयर पाट्सहरु पनि पनि पाईदैन । त्यसैले पनि केही समस्या छन् । जसलाई सेवाग्राहीहरुले सहज रुपमा बुझिदिनु पर्छ ।

यो समय र विचारका लागी धेरै धेरै धन्यवाद ।

मलाई महत्वपुर्ण कुराहरु राख्ने अवसर दिनुभएकोमा यो अवसरका लागी राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।