सुनसान बने दाङका प्रसिद्ध धार्मिक स्थलहरु :‘कोरोनाको कारण रिहारबाट तिर्थालु हटाइयो’

शिवु खनाल

दाङ, २९ पुस। दाङको लमही नगरपालिका वडा नमबर ९ रिहार निवासी राजेन्द्रप्रसाद यादवले चटपटे पानीपुरी व्यवसायीको पाँच कुण्टल उसिनेको आलो गाईभैसीँलाई दानाकोरुपमा प्रयोग गर्नु भएको छ ।

दाङको प्रसिद्ध धार्मिक स्थल रिहारमा यसवर्ष मेला नलाग्ने भएपछि उक्त उसिनेको करिब पाँच कुण्टल आलु घरमा रहेको गाईभैसीँलाई दानाकोरुपमा प्रयोग गर्नु भएको जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) को कारण दाङको प्रसिद्ध धार्मिक स्थल रिहार धाममा यसवर्ष मेला संचालनमा रोक लगाएपछि मेलामा व्यापार गर्नको लागी उसिनेको पाँच कुण्टल आलु खेरा गएको स्थानिय यादवले बताउनुभयो ।

Blog Post Ad

उहाँले भन्नुभयो,– ‘रिहार मेला नलाग्ने भएपछि उसिनेको आलु केही घरमा र छरछिमेकमा तरकारीको रुपमा प्रयोग गरेको छाँै भने, सडेगलेको आलु गाईभैसीँलाइ दानाको रुपमा प्रयोग गरेको छु ।’ ‘रिहार मेला संचालनमा आएको भएको भए खर्च कटाएर करिब पाँचस हजार चोखो आम्दानि हुन्थ्यो ।

उक्त रकमले छोराछोरीको लागि पढाइ र घरखर्च चलाउन जसिलो हुन्थ्यो तर, यसवर्ष विदेशी रोग कोरोनाको कारण हाम्रो व्यापारमा ठूलो क्षती पु¥याएको छ । यसवर्ष मेला नलाग्ने भएपछि घरखर्च जुटाउनको गाउँ–गाउँमा डुलेर व्यापार गर्ने बाध्य बनायो ।’ कोरोना भाइरस (कोभिड १९) को कारण जिल्ला प्रशासन कार्यालय दाङले दाङका कुनैपनि मठ–मन्दिर वा सार्वजनक स्थामनमा मेला संचालनको लागी रोक लगाएको छ ।

भाइरस नियन्त्रणमा नआएको र मेला महोत्सवमा हुने भिडभाड कम गर्न र कोरोना भाइरसबाट निम्तीने जोखिमलाई मध्यनजर गर्दै दाङको विभिन्न मठ–मन्दिर वा सार्वजनक स्थामनमा मेला संचालनको लागी रोक लगाएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘यसवर्ष कोरोना भाइरसको कारणले गर्दा बाध्यताले मेला संचालनमा रोक लगाइएको हो ।

जस्ले गर्दा दाङका मठ–मन्दिर सुनसान बनेका छन् । तर मठ–मन्दिरमा पुजाआजा गर्नको लागी भने खुल्ला गरिएको छ । आस्था विचारमा मान्नेहरुले मठ–मन्दिरमा पुजाआजा गर्न सक्नुहुन्छ ।’ नेपाल सरकारको एकसय गन्तब्य भित्र परेको दाङकै प्रसिद्ध चर्चित धार्मिक स्थल रिहारमा पहिलोपटक रिहार मेला संचालनमा रोक लगाइएको छ ।

कोरोना भाइरस (कोभिड १९)को जोखिमलाई मध्यनजर गर्दै मेला संचालनमा रोक लगाइएका हो । माघ एकगते अर्थात् माघे संक्रान्तिका दिनदेखि तिनदिन सम्म भब्य मेला संचालन हुने गरेको थियो । उक्त मेलामा मठ–मन्दिरमा पुजापाठ गर्नको लागी भारतीय तिर्थालुहरुको निकै घुइचो लाग्ने गथ्र्यो ।

यता स्थानिय कल्पना पछाइका अनुसार रिहार मेला संचालनमा रोक लगाउँदा रिहारका व्यवसायीले ठूलो क्षती बेहोर्नु परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–। ‘यसवर्ष रिहार मेला संचालन नहुँदा यहाँका स्थानियहरुलाई मात्र नभइ रूकुम, रोल्पा, सल्यान, तुलसिपुर, भालुवाङ्, बुटवल, भैरहवाबाट रिहार मेला फेन्सि पसल राख्नको लागि आउने विभिन्न व्यापारीले क्षती बेहोर्नु परेको हो ।’

यस्तै लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी गंगा वली थापाका अनुसार पाँच दिन मेलाको कमाइले वर्षदिन खान पुग्ने यहाँका स्थानियहरु ठूलो चपेटामा परेको बताउनुभयो । उहाँका अनुसार माघ एकगते लाग्ने पाँच दिनको मेलाले यहाँका स्थानिय व्यापारीलाई वर्षदिन खान पुग्थ्यो तर, अहिले साझ विहान छाक टार्न मुस्किल हुने तर्क राख्नुभयो ।

उहाँले भन्नुभयो,– ‘मेलाबाट धार्मिक संस्थामा पैसा राम्रो उठ्ने गरेको थियो । सोहि रकमले मन्दिर मर्मत सम्भार हुने गरेको थियो । चौकिदार यसै मेलाबाट पालेको थियौ ।

प्रत्येक वर्ष माघ एकगते चहलपहल हुने रिहार मेला कोरोना भाइरसका कारण सुनसान भयो । अहिलेको अवस्था हेरेर सुनसान भएकै राम्रो तर, व्यापारीलाई ठूलो चोट पुगेको छ ।’