एजेन्सी । दैनिक पानी कति मात्रामा पिउनु पर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न दिँदैन । पानी कसरी पिउने भन्नेबारे जानकारी लिऔं ।
१. उभिएर हैन सँधै बसेर पानी पिउने गर्नुपर्छ ।
२. एकैपटक नभइकन थोरै थोरै गरेर पिउने बानी बसाल्नुपर्छ ।

३. खाना खानुभन्दा ठीक अघि र खाना खाएर सकेपछि पानी पिउनु हुँदैन ।
४. घाँटीलाई माथी लगेर पानी पिउनुको सट्टा चुस्की लिएर पिउने गर्नुपर्छ ।
५. धेरै चिसो पानी पिउनु हुँदैन । तताएको पानीलाई पनि मनतातो बनाएर पिउनु उचित हुन्छ ।