मारिया ईन्टरनेशनल मन्टेश्वरीद्धारा माघी मिलन कार्यक्रम

दाङ, २९ पुस । माघी पर्व नजिकिएसँगै मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टरले माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । घोराहीको कविला रिसोर्टमा चौधरी समुदायको पहिरनसहित माघी विशेष परिकारहरुको शेवन गर्दे कार्यक्रम मनाईएको ट्रेनिङ सेन्टरकी सञ्चालिका दिप्ति राना रसाईलीले जानकारी दिनु भयो ।

दाङ थारु समुदायको बाहुल्यता रहेको जिल्ला भएको भन्दै माघीलाई निकै महत्वका साथ मनाउनु पर्ने सञ्चालिका दिप्ति राना रसाईलीले बताउनु भयो ।

माघी पर्वले नेपाली कला र संस्कृतिको पहिचानलाई अझ उचो बनाएको भन्दै यसलाई निकै महत्वका साथ लिनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा मघीको शुभकामना आदनप्रदान गरिएको थियो भने थारु भाषाको गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Blog Post Ad