समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्न आवश्यक छ

तेजबहादुर पौडेल ( विश्व)

उपाध्यक्ष

लिकर्स व्यवसायी संघ दाङ

Blog Post Ad

विश्व एण्ड विश्व ब्रदर्स सप्लायर्स ( संचालक )

घोराही १५, ट्राफिक रोड घोराही १५ का तेजबहादुर पौडेल ( विश्व) विगत ७ वर्षदेखि लिकर्स ब्यवसायीमा आवद्ध भएर राम्रो सफलता भेट्नु भएको छ । हाल उहाँ लिकर्स व्यवसायी संघ दाङको उपाध्यक्ष पदमा रहेर लिकर्स व्यवसायीहरुको हकहितका लागी काम गर्र्दै आउनुभएको छ । यसैबिच आज हामीले संघ दाङका उपाध्यक्ष पौडेलसँग कुराकानी गरेका छौँ ……..

प्रस्तुती : चन्द्रप्रकाश नेपाली

स्वागत छ यहाँलाई ।

राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।

लिकर्स व्यवसायमा यहाँको प्रवेश कसरी भयो ?

मेरो बुवा आमाले वि. सं. २०५० सालदेखी होटल व्यवसाय गर्दै आउनु भएको थियो । त्यसपछि होटल व्यवसाय गर्दा गर्दै ई.सम्वत् २००८ सालमा सरकारले सरकारी कोटामा कम मुल्यमा कोरिया लाने भनेको थियो ।

त्यो बेला मैले परिक्षा दिए र मेरो नाम पहिलो लटमा निकालेपछि म राप्ति अञ्चलमै पहिलो पटक सरकारी कोटामा कोरिया गए । करिव ५ वर्ष कोरिया बसेपछि स्वदेश फर्किएर के गर्ने भन्ने थियो । हाम्रो पहिलेदेखी नै होटल व्यवसाय भएको र लिकर्स सम्वन्धि व्यवसाय गर्दा नै ठिक होला भनेर मैले लिकर्स व्यवसाय सुरु गरेको हु ।

विदेशमा पनि धेरै राम्रो हुदा हुदै स्वदेशमै लिकर्स व्यवसाय गर्नुपर्छ भन्ने किन लाग्यो तपाईलाई ? सधैभरी विदेशमा बसेर हुदैन । स्थानियस्तरमा आफ्नो एउटा पहिचान हुन्छ । सबैको कुनै एउटा लक्ष्य हुन्छ । त्यस्तै कोरिया जानु मेरो पैसा कमाउनु मेरो उद्धेश्य थियो । विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्दै स्वदेशमै केही गर्नु पर्छ भनेर मैले लिकर्स व्यवसाय गरेको हु ।

लिकर्स व्यवसायबाट कस्तो खालको सफलता पाईरहनु भएको छ ?

अहिलेसम्म मैले राम्रै सफलता पाएको छु । मेरो व्यवसायबाट म निकै सन्तुष्ट पनि छु । मेरो पृष्टभुमी पनि यही सम्बन्धि भएकाले पनि मैले यही व्यवसाय रोजे तर कैले काही चाही अल्ली नराम्रो पनि लाग्छ । मदिरा भन्ने शब्द नै आफैमा एक किसीमले नराम्रो पनि हो ।

हामीले त्यो बनाएर बेच्ने भए अलग कुरा हुन्थ्यो तर हामीले व्यवसायीक हिसावले गरेका हौ । कहिले कही त्यै पनी किन यो व्यवसाय रोजे हुम्ला भन्ने पनि लाग्छ । किनकी यस व्यवसायमा विभिन्न खालका चुनौतीहरु छन् ।

हामीले आफै नै खानुस् भन्ने कुरा हुदैन त्यसैले के बुझ्दिनु प¥यो भने नितान्त हामीले यो व्यवसाय गरेको हो । कसैलाई विग्रानलाई भन्ने चाही बुझ्दिनु भएन ।

तपाई एउटा लिकर्स व्यवसायी भईरहदा समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

समाजले मदिरा व्यवसायी भन्ने बित्तिकै हेर्ने दृष्टि कोण नकारात्मक बनाएको हामीले पाएका छौँ । तर त्यस्तो मान्नु भएन । म एउटा विदेशी अनुभव सुनाउछु । म कोरिया करिव ५ वर्ष बसेर आए त्यहा घर परिवार बसेर सबैले खान्छन् ।

त्यो भन्दैमा यहाँ खानुस् भन्न खोजेको होईन तर सबै कुरा विधि मिलाएर गर्नुप¥यो । खाएर ड्राईभ गर्नु भएन, कती खाने मात्रा हुन्छ, त्यो बुझेर खानु प¥यो । त्यसरी खाने हो भने नकारात्मक प्रभाव पर्दैन ।

लिकर्स व्यवसायीहरुले सरकारलाई निकै धेरै कर तिर्नु हुन्छ, तर यहाँहरुलाई सरकारबाट हुने व्यवहार कस्तो छ ?

हो हामी लिकर्स व्यवसायीहरुले सरकारलाई धेरै कर तिछौ । सरकारकोतर्फबाट त्यस्तो केही गरिएको जस्तो मलाई लाग्दैन् । कर तिर्ने सन्दर्भमा कालो बजारी भन्ने खालका कुराहरु उठिरहन्छ तर मदिर व्यवासायीहरुमा त्यो छैन् । मलाई जहाँसम्म लाग्छ नेपालमा सबैभन्दा निश्पक्ष कर मदिरा व्यवसायीले नै तिर्छन् ।

तपाई लिकर्स व्यवसायमा कसरी सफलता भेटिरहनु भएको छ ?

मैले लिकर्स व्यवसायमा सफलता भेट्नुको मुख्य कारण चाही मेरो मेहनत र लगनशिलता नै हो । मैले निरन्तर र लगनशिल भएर विगत ७ वर्ष देखी लिकर्स व्यवसायमा नै आफ्नो समय खर्चेको छु । यो समयमा मैले मेरा साथीभाई सम्पुर्णबाट राम्रो साथ र सहयोग पाईरहेको छु । त्यसैले मैले मेरो व्यवसायबाट राम्रो सफलता पाएको हु ।

लिकर्स व्यवसायी संघ दाङको उपाध्यक्ष भईरहदाखेरी यहाँको अनुभव र जिम्मेवारी कस्तो छ ?

हामीले जिल्लामा भएका लिकर्स व्यवसायीहरुको हकहितका लागी काम गर्दै अघि बढेका छौँ । लिकर्स व्यवसायीहरुलाई केही समस्या भएमा सबै मिलेर त्यसालाई समाधान गर्ने काम गर्छाै ।

तपाई संघको उपाध्यक्ष भईरहदाखेरी के भन्न चाहानुहुन्छ ?

म के भन्न चाहान्छु भने कसैले पनि यीनी मदिरा व्यवसायी हुन भनेर गलत नजरले हेरीदिनु भएन । हामीले नितान्त व्यवसाय गरेको हो । नेपाल सरकारले होईन यो प्रतिबन्ध गर्ने हो भनेमा हामीले यो व्यवसाय छोडेर अर्को व्यवसाय पनि गर्न तयार छौँ । म एउटा मदिरा व्यवसायी भएपनि मैले कसैलाई मदिरा खानुस् भन्दैन् । सकेसम्म खादै नखानु राम्रो । खाए पनि एक्दमै कम खाउ भन्छु । त्यसैले हामीलाई हेर्ने दृष्टिकोण समाजले सकारात्मक बनाउन आवश्यक छ ।

कोरोनापछि मदिरा व्यवसायको अवस्था कस्तो छ ?

कोरोनाले गर्दा लिकर्स व्यवसायहिरु पनि एक खालको मर्कामा परेकै हुन भने अव बिस्तारै हामी पनि पुरानै अवस्थामा फर्किदै छौँ । व्यवसाय राम्रो छ । यसबाट म सन्तुष्ट छु ।

यो समय र विचारका लागी धेरै धेरै धन्यवाद ।

मलाई महत्वपुर्ण कुराहरु राख्ने अवसर दिनुभएकोमा यो अवसरका लागी राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।