लागु पदार्थ त्यागौं, खेलकुदमा लागौँ भन्दै राप्ती गाउँपालिकामा प्रतियोगीता शुरु

दाङ, २७ पुस । राप्ती गाउँपालिका वडा नम्वर ६ मा आजबाट खेलकुद प्रतियोगीता सुरु भएको छ । लागु पदार्थ दुब्र्यशनी त्यागौं खेलकुदमा लागौं भन्ने नाराका साथ प्रतियोगिता शुरु भएको हो । वडा कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार माघी पर्बको अवसरमा खेलकुद प्रतियोगीताको आयोजना गरिएको वडा सचिव मंगलप्रसाद चौधरीले बताउनुभएको छ ।

Blog Post Ad

विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिबल तथा फुटबल प्रतियोगीताको आयोजना गरी नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीताको आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताउनुभयो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले प्रतियोगीताको उद्घाटन गर्नुभएको हो ।

Blog Post Ad

वडा नं. ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागीता रहेको छ । प्रतियोगितामा विजयी समुहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताईएको छ ।