नेपालकी पुष्पालाई स्वर्ण

काठमाडौं, २६ पुस। पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्न सफल भएकी छन् । 

आइतबार भएको दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भएकी हुन् । ढाकामा पुष्पाले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् । त्यस्तै भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेन्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भइन् ।

पुष्पाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग ) मा रजत जितेकी थिइन् । पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौथो भए । किरण सागका स्वर्णधारी हुन् । 

Blog Post Ad