युएनबिसी क्लब फुटबल प्रतियोगिताका लागी भोलि बाँके जाँदै

दाङ, २५ पुस । अखिल नेपाल फुटवल संघ (युएनविसी) दाङ फुटबल प्रतियोगिताका लागी बाँके भोलि जाने भएको छ । यही पुस २७ गतेबाट बाँकेमा हुन लागेको प्रथम स्वर्गीय श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सहभागी हुनका लागी युएनविसीको समुह बाँके जान लागेको टिम प्रशिक्षक सन्दप वलीले जानकारी दिनुभयो ।

जय किसन स्पोर्टस क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा युएनविसी क्लवका खेलाडीहरु, टिम व्यवस्थापक, टिम प्रशिक्षकलागएतको टोली भोली विहान बाँके प्रतियोगिताका लागी बाँके जादै छन् । प्रतियोगीताको पहिलो दिन पर्सी युएनविसीले मसुरिया फुटबल एकेडमी कैलालीसँग पहिलो खेल खेल्दै छ ।

बिभिन्न ठाउँका १८ समुह सहभागी हुने प्रतियोगितामा विजयी हुने टिमलाई १ लाख ५ हजार पुरस्कार रहेको छ । क्याप्टेन लेमन सागर डिसी, टिम व्यवस्थापन र गोपाल कुंवर, टिम प्रशिक्षक सन्दिप वली र दिपक पुन सहितको टोली भोली विहान खजुरा गाउँपालिका १ सैनिक बाँके जादै छ ।

Blog Post Ad

यस्तै प्रथम स्वर्गीय स्याम थापा स्मृति फुटबल प्रतियोगिताका लागी खेलाडीहरु जिनियस केसी,भीम पुन, सन्तोष कटुवाल, सुभाष चौधरी, सविन वली, तिलक घर्तीमगर, असिम गुरुङ, शुवर्ण बुढा, सम्राट शाह, आशिष सुनाम, सुशील कुमार बानिया, स्वप्निल कुमाई, एंजस रोका, वीरेन्द्र विक, आकाश बुढामगर, मोहन थापा र विक्रम विकले खेल्दै छन् ।

दाङका खेलाडीहरुलाई १५ दिनको बन्द प्रशिक्षणमा राखी खेलाडी छनौट गरिएको प्रशिक्षक सन्दिप वलीले जानकारी दिनुभयो ।