त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्रालीले आम नागरिकको विश्वास जितेको छ

मनोज शाहले वि.संं. २०५९ सालदेखी यातायात क्षेत्रमा आवद्ध भएर काम गर्दै आउनु भएको छ । सुरुमा स्वयम शेवक देखी काम गर्नुभएका शाह अहिले त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्रालीको घोराही ईन्चार्ज पदमा काम रहेर काम गर्दै आउनु भएको छ । यसैविच आज हामीले अहिले झन्डै १९ वर्षदेखी यातायात प्रालीमा काम गर्दै आउनु भएका प्रालीको घोराही ईन्चार्ज मनोज शाहसँग कुराकानी गरेका छौँ………

मनोज शाह
घोराही काउन्टर
ईन्चार्ज , सिफट A
त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्राली

Blog Post Ad

वर्तमान समयमा यातायातको अवस्था के छ ?
कोभिड १९ का कारण श्रृजना भएको यो असहज परिस्थितीका कारण यातायाता क्षेत्र निकै मारमा परेको छ । यात्रुको चाप एक्दमै कम छ । अति आवश्यक परेको खण्डमा मात्रै यात्रुहरुले गाडीको प्रयोग गरिरहनु भएको छ । त्यसैले पनि यातायात व्यवसायीहरु मारमा नै छौँ ।


कोरोनाको दृष्टिकोणबाट हेर्दा वर्तमान समयमा यातायात कत्तिको सुरक्षित मानिन्छ र पुरानै अवस्थामा फर्किन कति समय लाग्ला ?
पुरानै अवस्थामा फर्किनलाई त, जहिल्यै सम्म कोरोनाको भ्याक्सिन आउदैन् , त्यो वेला सम्म मुस्किल छ । कोरोना जहिलेसम्म पुर्ण रुपमा निर्मुल हुदैन, त्यो वेला सम्म पुरानै अवस्थामा आउन सकिने देखिदैन् । वर्तमान अवस्थमा पनि हामीले वसहरुमा मास्क सेनीटाईजरको प्रयोगमा विशेष ध्यान दिएका छौँ

त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्रालीको यो यात्रा अहिले सम्म कस्तो रह्यो ?
यातायात प्रालीको मेरो अहिले सम्मको यात्रा एक्दमै राम्रो छ । पहिले चाही राप्ति अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समिति थियो । म चाही २०५९ सालदेखी यसमा आवद्ध भएर आईरहेको छु । अहिले झन्डै १९ वर्ष भैसके छ । सुरुमा स्वयम शेवक देखी काम गरेको अहिले प्रालीको घोराही ईन्चार्ज पदमा काम गर्दै छु । अहिले अव धेरै प्रालीहरु खुलेर प्रतिस्पर्धा धेरै छ । त्यस कारणले पनि एक खालको मर्कामा पनि छौँ ।

आफ्नो कर्मबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहिले निकै सन्तुष्ट थिए । अहिले कोरोना भाईरसको संक्रमणका कारण हामी केही मारमै छौँ । म यही कर्मबाट व्यस्त हुन पाएको छु । मेरो पेशा र कामबाट म निकै सन्तुष्ट छु । १८ वर्ष यसैमा बित्यो जसरी हुन्छ । जिवन चलिराछ ।

विभिन्न यातायात प्रालीहरुविच प्रतिस्पर्धा भईरहदा खेरी त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्राली कस्तो ?
हामीले पनि अवस्था अनुसारका नया नया गाडीहरु पनि भित्राई रहेका छौँ । हामीले सबै दृष्टिकोणबाट सफलता भेटिरहेका छौँ । विभिन्न प्रालीहरु खुल्ने, बन्द हुने क्रम चलीरहन्छ । एउटा प्राली चलाउन गाह्रो पनि छ । कुनै दुर्घटना यस्तो पनि हुन्छ, एउटै व्यक्तिको उपचार गर्न १ देखी डेढ करोड सम्म लाग्न सक्छ । त्यस्तो अवस्थामा नयाँ प्रालीहरुलाई गाह्रो हुन्छ । हाम्रो यातायात प्राली पुरानो भएकोले पनि त्यस्तो केशमा सहज छ । हाम्रो प्रालीमा साढे ६ सय गाडीहरु छन् ।

सवारी साधनमा अहिले स्वास्थ्य साजगता कस्तो छ ?
लोकल गाडीहरुमा यात्रुहरुको चाप राम्रै भएपनि लामो दुरीका गाडीहरुमा यात्रुहरु छैनन् । त्यसैले पनि त्यत्ति जोखिम छैन् भने हामीले स्वास्थ्य सजगतालाई पनि विशेष ध्यान दिएका छौँ । यात्रुहरुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गर्दै आएका छौँ ।

सवारी दुर्घटनाका घटनाहरु पनि बढ्दै छ, यातायातको क्षेत्रमा यहाँको लामो अध्ययनले के देखाउछ ?
सवारी दुर्घटना विभिन्न कारणले हुन्छ । नेपालको बाटोहरु जिर्ण र साघुरो हुनु र यसको मर्मततर्फ सम्वन्धित निकायको ध्यान नजानु पनि हो । अर्काे कुरा ओभर लोडपनि हो तर हामीले विभिन्न खालका सजगता अपनाउदै कुरालाई भने जारी राखेका छौँ ।

चालककै लापरवाहीका कारण सवारी दुर्घटना धेरै हुन्छ पनि भन्ने गरिन्छ नि ?
चालकको मात्रै दोष हुन्छ भनेर म त मान्दैन् । सवारी दुर्घना हुनुमा बाटोदेखी लिएर विभिन्न खालका कुराहरु छन् । चालक सजक र जिम्मेवार भएर गाडी चलाउनु पर्छ त्यो हो तर चालककै लापरवाहीका कारण सवारी दुर्घटना हुन्छ नै भन्ने छैन् । हामीले चालकहरुलाई जिम्मेवारी बनाउन र सुरक्षित ड्राईभिङ गर्न प्रेरित गर्नका लागी विभिन्न खालका सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौ ।

यो समय र विचारका लागी यहाँलाई धेरै धेरै धन्यवाद ।
मलाई मेरा केही भनाई र अनुभव राख्ने यो अवसर दिनुभएकोमा राजमार्ग अनलाई परिवारलाई पनि धेरै धेरै धन्यवाद ।