तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता आज देखि सुरु

तुलसीपुर २३ पुस। दाङको तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता २०७७ आजबाट सुरु भएको छ । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको आयोजनामा प्रतियोगिता आज देखि तुलसीपुरको अरनिको मैदानमा सुरु भएको हो ।

उद्धघाटन समाहरोहमा प्रमुख अथिति समेत रहनु भएका गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेले प्रतियोगिताको उद्घाटन गदै विश्वका कयौं देशहरुले खेलकुद क्षेत्रबाट नै आर्थिक समृद्धि प्राप्त गरेको भन्दै नेपालमा पनि यसको सम्भावना राम्रो रहेकोले खेल क्षेत्रलाई उजागर बनाउन यस्ता खेलको आबस्यक रहेको बताउनुभयो ।

Blog Post Ad

उक्त कार्यक्रममा विशिष्ट अथिति समेत रहनु भएका अन्तराष्ट्रिय खेलाडी जनककुमार बाँठा मगरले शरिरमा जोसजाँगर र खुनपसीना हुँदासम्म नेपालाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन लागि पर्ने युवाहरुको उचित व्यवस्थापन राज्यले गर्न नसक्दा उमेर ढल्किदै जाँदा भट्टीमा बसेर जाँड खाने बाहेकको अन्य विकल्प नभएको बताउनुभयो ।

आजबाट २५ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बीनी प्रदेश लगाएत अन्य प्रदेशका २१ टिमकको सहभागिता रहेको खेल संयोजक एचआर मगरले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गर्नुभएको हो ।