दाङ, २२ पुस। दाङमा म्याद नाघेका खाद्य सामग्री जफत गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले तुलसीपुर बजारका पसलबाट म्याद गुज्रेका खाद्य सामाग्रीहरु जफत गरेको हो ।
तुलसीपुरका ११ वटा पसलमा अनुगमन गरिएकोमा अधिकांश पसलबाट म्याद गुज्रेका बिस्कुट, भुजा, तेल, बच्चाको पाउडर, चक्लेट, नम्किन, कस्मेटिक सामाग्री लगाएतका खाद्य सामग्री फेला परेको उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरका प्रमुख रेखा शर्माले जानकारी दिनुुभयो ।

अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएको, मूल्यसूचि नटाँसेको, नविकरण नगरेको, बोर्ड नराखेको, किराना पसलमा खाद्यवस्तु र अखाद्यवस्तु अलग–अलग नराखेकाले व्यवसायीलाई सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको उहाँको भनाई छ ।
उहाँका अनुसार बजारमा मापदण्ड विपरीत सञ्चालन भैरहेका व्यवसायीलाई ३ दिनभित्र दर्ता प्रक्रियामा आउन चेतावनी दिइएको छ ।