वातावरण प्रदुषणलाई न्युनिकरण गर्ने अपेक्षाका साथ घोराहीमा कवाड उद्योग

दाङ, २२ पुष । दिनप्रति दिन बढ्दै गईरहेको वातावरण प्रदुषणलाई न्युनिकरण गर्ने उद्देश्यका साथ घोराही कवाड व्यवस्थापन प्रेस उद्योग घोराहीमा सञ्चालनमा आएको छ । स्थानिय सरकारको तर्फबाट वातावरणलाई स्वच्छ र सुन्दर बनाउनका लागी हुने विभिन्न खालका कार्यक्रमलाई टेवा पुराउने उद्देश्यका साथ उद्योग सञ्चालन गरिएको सञ्चालिका बाल्मी केसीले बताउनुभयो ।

घोराही उपहानगरपालिका वडा नम्वर १७ पनौरामा २० लाखको लगानीमा घोराही कवाड व्यवस्थापन प्रेस उद्योग सञ्चालनमा आएको छ । १२ लाख रुपैयमा कवाड सामाग्री गत्ता र बोतलहरुलाई पेलेर खादिलो बनाउने मेसिन ल्याईएको छ भने ठाउँ व्यवस्थापनका लागी ८ लाख रुपैया गरी कुल २० लाख रुपैयको लगानीमा उद्योग सञ्चालनमा आएको छ ।

‘वर्षाको समयमा बजारका नालाहरुमा भरिने पानीका बोतलहरु, बजारमा वातावरणलाई प्रदुषण गर्दै यत्रतन्त्र फालिएका पानीका बोतलहरु, प्लाष्टिकका सामानहरु, गत्ताहरु संकलन गरेर वातावरणमा सकारात्मक टेवा पुराउने उद्देश्यका साथ हामीले यो कवाड ब्यवस्थापन उद्योग सञ्चालनमा ल्याएका हौ ।

Blog Post Ad

’ सञ्चालिका केसीले भन्नुभयो,–‘नगरपालिकालाई स्वस्थ्य बनाउने लक्ष्यका साथ हामीले यो काम गर्दैछौँ र हामीले गर्दै गरेको कामका बारेमा घोराही उपमहानगरपालिकालाई पनि जानकारी गराएका छौ ।’ उद्योगमा स्थानीय सरकारको साथ सोच अनुरुप पाउन नसकेको उहाँले बताउनुभयो ‘हामीले स्थानिय सरकारबाट सोचे जस्तो साथ सहयोग पनि पाउन सकेका छैनौँ ।

म एउटा महिला उद्यमी भएका कारण पनि मैले स्थानिय सरकारबाट एक खालको सहयोगको अपेक्षा गरेको छु’ सञ्चालिका बाल्मी केसीले भन्नुभयो–‘केही समय पहिले तुलसीपुर उपमहानगरपालिकाबाट एक ट्रक पानीको बोतलहरु ल्याएर पेलेर ढुवानीको लागी तयारी गरेका छौँ’ साढे ३४ वर्षसम्म शिक्षण पेशामा आवद्ध भई घडिको सुईसँगै अघि बढेको दैनिकीलाई शिक्षण पेशाबाट अवकाश पाएपछि वातावरण व्यवस्थापनको पाटोमा टेवा पुराउने उद्देश्यका साथ आफुले कवाड व्यवस्थापन उद्योग सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।

‘अहिले दाङका स्थानिय सरकारसँगै होटल व्यवसायीहरुसँग पनि एक खालको समन्वय गर्ने क्रममै हामी रहेका छौँ , हामीले घोराहीका धेरै होटलहरुमा त्यसै फालिने पानीका बोतलहरुलाई संकलन गर्न भन्दै बोराहरु पनि छोडेका छौँ, ती पानीका बोटलहरुलाई पनि १० रुपैया किलो खरिद गछौँ’ केसीले भन्नुभयो–‘घोराही उपमहानगरपालिकासँग पनि हामीले त्यो खालको समन्वय गर्न खोजीरहेका छौँ तर नगरले हाम्रो कामलाई चासो भने दिएको पाएका छैनौ, नगरले बिहान गाडीमा फोहर उठाउछ, त्यो फोहोरबाट प्लाष्किका कवाडहरु गत्ताहरु छुट्टाएर हामीलाई दिएमा हामीले त्यसलाई पेलेर त्यस्को आकार सानो बनाउछौ , त्यसपछि हामीले यहाँबाट अन्यत्र ढुवानी गर्न पनि सहज हुन्छ ।’

वजन थोरै हुने भएकाले पनि ढुवानीमा समस्या हुने र नउठाईने पानीका बोतलहरु, गत्ता, नबिक्ने जस्तो सुकै सिसाका बोतल टुक्राहरु जस्ता सामाग्रीहरु कवाडवालाले पनि नलग्ने समस्याबाट मुक्त हुने उहाँको विश्वास छ ।

‘हामीले तिनै सामानहरु संकलन गरेर यहाँ ल्याई मेसिनमा पेलेर एक तिन ट्रक हुने बाराबरको सामाग्रीलाई एक ट्रक बनाएर यहाँबाट अन्यत्र सप्लाई गर्छौ, कवाडीवालाहरुसँग समन्वय गर्न खोज्दा पनि उनिहरुले आफूहरु कवाडीको एकाधिकारी व्यापारी भएको जस्तो व्यवहार गर्ने गर्छन् ।

’ उहाँले भन्नुभयो–‘पानीका बोतलहरु नउठ्नुको कारण भनेकै त्यस्को ओजन थोरै हुने भएकाले हो, हामीले त्यसलाई पेलेर थोरै ओजनको बनाएर हामीले नेपालगंज, बुटवलमा पठाउने सम्झौता भएको छ ।’ अहिले उद्योगमार्फत् तिन जनाले रोजगार पनि पाएका छन् ।