ग्राहक हाम्रा लागी देउता सरह हुन्

हामीले सरसफाई, स्वच्छता र गुुणस्तरियतालाई पहिलो प्रथामिकतामा दिएका छौँ ।

विनय चौधरी, सोनु चौधरी
सञ्चालक
मेजमान्की फुड पार्क, घोराही १५ उमेशमार्ग

यही पुष १ गतेबाट घोराहीमा मेजमान्की फुड पार्क सञ्चालनमा आएको छ । घोराही १५ सहिद उमेशमार्ग नविल बैंक रहेको आफ्नै भवनबाट ७६ लाखको लगानीमा मेजमान्की फुड पार्क सञ्चालनमा आएको हो ।

Blog Post Ad

विनय चौधरी र सोनु चौधरी दुई भाईले संयुक्त रुपमा फुड पार्क सञ्चालनमा ल्याउनु भएको छ । स्थापनाकालको छोटो समयमा मेजमान्कीले कस्तो खालको सफलता पाएको छ त भनेर हामीले सञ्चालक दुई चौधरीसँग कुराकानी गरेका छौँ ।।
स्वागत छ ।
धन्यवाद ।

मेजमान्की रेष्टुुरेण्ट खोल्नुपर्छ भन्ने किन लाग्यो ?
अध्ययनको क्रममा काठमान्डु बस्दा त्यहा खानाका धेरै प्रकारहरु पाए । त्यही अनुसारले विषेश त चाईनिज आईटमका खानाहरुको टेष्ट दाङका नागरिकहरुलाई दिनको लागी हामीले मेजमान्की सञ्चालन गरेका हौँ ।

जुन उद्धेश्यका साथ मेजमान्की सञ्चालन गर्नु भयो, त्यो खालको सफलता भेट्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
हामीले जुन उद्धेश्यका साथ मेजमान्की सञ्चालन गरेका हौ । हामी त्यो सफलता भेट्ने कुरामा ढुक्क पनि छौँ । अहिले मेजमानकीमा आउने सेवाग्राहीहरुबाट पनि निकै उत्साह जनक प्रतिक्रिया आउने गरेको छ । हामीले तयार पारेको खानालाई कष्टमरले रुचाई दिनुभएको छ । त्यो हाम्रो लागी ठुलो कुरा हो ।

मेजमान्की सञ्चालनमा आएको यो छोटो समयमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कष्टमरले हाम्रो खानालाई रुचाईदिनुभएको छ । त्यो नै हाम्रो एउटा ठुुलो सन्तुष्टि हो । हाम्रो उमेरका अन्य युवाहरु बेरोजगार भएर त्यसै बसिरहनु भएको हुन्छ । हामी युवा अवस्थामा प्रवेश गरेसँगै यसरी स्वरोजगार बन्न पाएका छौ भने अन्य युवाहरुलाई समेत रोजगारी दिन पाएका छौ । त्यो पनि हाम्र आर्काे एउटा ठुलो सन्तुष्टि हो ।

मेजमान्कीलाई नै रोज्नु पर्ने त्यस्ता विशेषताहरु यहाँ के छन् ?
हाम्रो यहाँको वातावरण एक्दमै राम्रो छ, भने हामीले सरसफाई, स्वच्छता र गुुणस्तरियतालाई पनि पहिलो प्रथामिकतामा राखेका छौँ । धेरै ठाउमा सडकमै पार्किङ गर्नुपर्ने खालको समस्या पनि हुन्छ । मेजमान्कीमा पार्किङको पनि समस्या छैन् ।

जस्तो कष्टमर आए पनि त्यही खालको वातावरण हामीले दिएका छौँ । घर परिवारसँग आउनेहरुको लागी त्यस्तै खालको शान्त र पारिवारिक वातावरण छ । स्मोक र नो स्मोक एरिया छुट्टाएका छौँ । बार छुट्टै फेमील लज पनी छुट्टै छ । त्यसैले पनि मेजमान्कीप्रती नागरिकको आक्रषण बढ्दो छ ।

मेजमान्कीलाई थप व्यवस्थित बनाउनको लागी के कस्ता खालको योजना बनाउनु भएको छ ?
दाङ प्रादेशिक राजधानी भएसँगै वर्तमान समयमा होटलहरु खुल्ने क्रम पनि बढ्दै गएको छ । यो विचमा हामीले मेजमान्कीकै एउटा राम्रो ब्राण्ड बनाउने योजनामा छौ । केही वर्ष पछि हामीले मेजमान्कीलाई डिजिटल बनाउछौ ।

जसले जर्दा हामीले मेजमान्कीका परिकारहरुलाई सेवाग्राहीको अनलाईन अडरअनुुसार उहाँहरुकै घर घरमा यहाँका परिकारहरु पुराउने सोचमा छौँ । अवको ५ वर्षभित्र मेजमान्कीकै अर्काे शाखा विस्तार गर्ने सोचमा पनि हामी छौँ ।

यहाँहरुले कष्टमरलाई गर्ने व्यवहार कस्तो छ ?
ग्राहकलाई राजा पनि भनिन्छ । जति सक्यो त्यत्ति नै राम्रो हामीले दिने प्रयास गर्ने केही गरी नकारात्मक प्रतिकृया आयो भने पनि हामीले सुहजै स्वीकार्नु पर्छ । किनकी ग्राहक नभए हाम्रो अस्थित्व नै रहदैन् । त्यसैले हामी ग्राहकमुखी बन्दै अघि बढेका छौँ ।

धेरैमा विदेश जाने मोह हुन्छ तर सोनु जी विदेशमै पढेपनि स्वदेशमै त्यो ज्ञानलाई देखाउनुपर्छ भन्ने किन लाग्यो ?
विदेशबाट फर्केर नेपाल आएको दुई महिना भएको थियो । होटल म्यानेजमेन्ट गरी सकेपछि म पुनः विदेश जाने प्रयासमै थिए । त्यो अवस्थामा मालाई भाईले विदेश नगएर नेपालमै दुई भाईले रेष्टुुरेण्ट सञ्चालन गरौ भन्ने खालको सुझाव दिए पछि हामीले मेजमान्की खोलेका हौ ।

ठुलो लगानी नेपालमै लगायो भने विदेशमा पाउने खालको सफलता हामी नेपालमै भेट्न पाउछौ भन्ने उद्धेश्यका साथ मेजमान्की हामीले गरेका हौँ ।

समय र विचारका लागी धन्यवाद
राजमार्ग अनलाईन परिवारलाई पनि धेरै धेरै धन्यवाद ।