एजेन्सी । बलिउड अभिनेता सोहेल खान, अरबाज खान र सोहेलका छोरा निर्वाणविरुद्ध फस्र्ट इन्फरमेशन रिपोर्ट (एफआइआर) दर्ता भएको छ । कोरोना गाइडलाइनको उल्लघंन गरेको आरोपमा उनीहरुविरुद्ध एफआइआर दर्ता भएको हो ।
यस्तै उनीहरुलाई मुम्बईस्थित ताज ल्याण्ड्स एण्डमा क्वारेन्टिाइन गरिएको छ । खासगरी सोहेल खान, उनका छोरा निर्वाण र अरबाज खान २५ डिसेम्बरमा दुबईबाट मुम्बई आएका थिए ।
यी सबैजना मुम्बई आएपछि ताज होटलमा क्वारेन्टिन बस्नुपर्ने थियो तर उनीहरु भने सिधा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा गएका थिए । यसैकारण उनीहरुविरुद्ध यो मामला दर्ता गरिएको हो ।
भारतमा लकडाउन सकिएपछि थुप्रै बलिउड कलाकारहरु कोही विदेश छुट्टी मनाउन गए भने कोही सुटिंगका लागि विदेश गए । कुनै कलाकारले कोरोना नियमको राम्रोसँग पालना गरेका छन् भने कसैले यसमा लापरबाही गरेका छन् । जसमध्ये सलमानका यी दुई भाईले पनि लापरबाही गरेको पाइएको हो ।