मैले जित्नेमा कुनै दुविधा छैन्

दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली पुस २० गते हुने निर्वाचनका लागी कोषाध्यक्ष पदमा स्वतन्त्र रुपमा उमेद्वारी दिनुभएका धनपती शर्मासँग कुराकानी गरेका छौ………..

Blog Post Ad

धनपती शर्मा

Blog Post Ad

कोषाध्यक्ष पदका स्वतन्त्र उमेद्वार

दाङ जिल्ला उद्योग वाणिज्य संघ

स्वागत छ ?

धन्यवाद ।

कोषाध्यक्ष पदका लागी उमेद्वारी किन दिनु भयो ?

म एउटा स्वतन्त्र व्यक्ति र स्वतन्त्र व्यवसायी पनि हु । म निकै लामो समय देखी उद्योग वाणिज्य संघमा आवद्ध सदस्य हु भने म प्रति व्यवसायीको विश्वास पनि धेरै छ । त्यसैले पनि मैले कोषाध्यक्ष पदको लागी स्वतन्त्र प्यानलबाट आफ्नो उमेद्वारी दिएको हु ।

स्वतन्त्र प्यानलबाट उमेद्वारी दिनु भाछ जित्न त मुस्किल होला ?

म संग जनाधार नभएको भए त म उमेद्वार नै उठ्ने थिएन नि । म संग जनाधार छ । म जित्नेमा ढुक्क छु । म उठ्न् चाहेको भए त संस्थापककै पालामा उठ्थिए तर त्यो वेलाभन्दा अहिलेको मेरो जनाधार राम्रो भएकोले मैले उमेद्वारी दिएको हु ।

घोराही खानेपानी संस्थामा पनि मैले स्वतन्त्रबाटै जितेको हु । राप्ति अञ्चलन यातायात बस व्यवसायी समितीको पनि मैले नेतृत्व गरी सकेको छु । मलाई व्यवसायी साथीहरुको माया र प्रेरणाले नै उमेद्वारी दिन बाध्य गराएको होे । त्यसैले मैले जित्नेमा कुनै दुविधा छैन् ।

व्यवसायीक हितका लागी कस्ता खालका एजेण्डा तपाईका छन् ?

मेरो पहिलो र महत्वपूर्ण कार्यभार भनेकै व्यवसायीक हक हितका लागी काम गर्नु हो । व्यवसायीक कोष भनेर खडा गरिएको छ । त्यसलाई स्वतन्त्र व्यवसायी चौतारी बनाउने मेरो परिकल्पना छ ।

त्यसमा कस्तो हुन्छ भने सानो व्यवसयीदेखि लिएर ठुलो व्यवसायीसम्म सबै अट्छन् । सबै व्यवसायीलाई थाहा नहुन पनि सक्छ तर वार्षिक रुपमा सबै व्यवसायीहरुबाट राहत कोष भनेर रकम उठिरहेको छ ।

उक्त रकम जुन उठेको हुन्छ, त्यसालाई हामीले विमामा कन्भर्ट गर्छौ । विमामा कन्भर्ट गरी सकेपछि, व्यवसायीलाई पर्ने मर्का कम गर्न उक्त कोषबाट निकालेर उक्त व्यवसायीलाई सहयोग गर्ने । अर्को कुरो के छ, फजुली खर्चलाई कम गर्ने मेरो योजना छ ।

प्रादेशिक राजधानी दाङ बनिसक्यो तपाईले जित्नु भयो भने यहाँको व्यवसायीक क्षेत्रको स्थर बृद्धिका लागी के गर्नु हुन्छ ?

सबै भन्दा ठुलो पर्यापर्यटनको क्षेत्रमा लागी पर्ने छु । दाङ एउटा उपत्यका हो । यो उपत्यकाको जति सकिन्छ, बाहिर प्रचारप्रसार गर्न केन्द्रित वातावरण बनाउने छु । पर्यापर्याटक तथा आन्तरिक पर्यटकहरुलाई हामीले दाङमा भित्राउन सक्यौ भने उनिहरुले गर्ने खर्च नै यहाँको व्यवसायीहरुको लागी अवसर हो ।

यहाँका आम व्यवसयीहरुलाई पनि प्रदेशस्तरका उत्पादनमा केन्द्रित बनाउनु पर्छ । अन्त्यमा तपाईलाई जितको शुभकामनाका साथै यो समयका लागी धेरै धेरै धन्यवाद ।

मलाई विचार राख्ने यो अवसर दिनुभएकोमा राजमार्ग अनलाईन परिवारलाई पनि धन्यवाद ।