मन्टेश्वरी घोकाएर नभई प्रयोगात्मक तरिकाले पढाउने एउटा विधि हो
दिप्ति राना रसाईली
संस्थापक सञ्चालिका
मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टर
२०७६ कार्तिक ११ गतेबाट घोराहीमा सञ्चालनमा आएको मारिया ईन्टरनेशनल मन्टेश्वरी टे«निङ सेन्टरले स्थापनाकालको छोटो समयमै राम्रो सफलता हात पार्न सफल भएको छ । अहिले मारियाले आफ्नो ४ वटा शाखाबाट ७० जनालाई ट्रेनिङ प्रदान गरीरहेको छ ।
आजको आवश्यकता घोकन्ते शिक्षा नभई व्यवहारिक शिक्षा हो । मन्टेश्वरी घोकाएर नभई प्रयोगात्मक तरिकाले पढाउने एउटा विधि हो । यसैबिच हामीले घोराही १७ की मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टरकी संस्थापक सञ्चालिका दिप्ति राना रसाईलीसँग कुराकानी गरेका छौँ ।

प्रस्तुती : चन्द्रप्रकाश नेपाली
स्वागत छ यहाँलाई
राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।
मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टरको जन्म कसरी ?
म ११ मा पढ्दा दाङमा मन्टेश्वरी विधि भर्खरै आएको थियो । मलाई सानैदेखी नै टिचर हुने इच्छा थियो । मैले घोकन्ते भन्दा व्यवहारिक शिक्षा कसरी हुन्छ त भनेर ध्यान दिदै गर्दा मैले मेरो पाईलालाई मन्टेश्वरी शिक्षातर्फ मोडे । हरेक कुराहरु प्रयोगात्मक तरिकाले अघि बढाउनु पर्छ भनेर मैले मन्टेश्वरी शिक्षालाई रोजे ।
मैले ११ मा पढ्दा पढ्दै एविसी जोईन गरेको हु भने काठमान्डुबाट मन्टेश्वरी ट्रेनिङ लिएको हु । मैले ब्याचलर सकिसकेपछि युरो किड्समा सेलेक्टेड भईसके पछि मदर ल्याण्ड ईन्टनेशन मन्टेश्वरी सेन्टर दिल्हीबाट ट्रेनिङ लिईसकेपछि नेपाल र भारतको मन्टेश्वरी शिक्षाको फरक के रैछ त भनेर अनुसन्धान पनि गरे ।
त्याहाबाट शिक्षा लिएर नेपालमा पनि बढ्नु पर्छ भनेर मैले नेपालमा पनि मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टर खोले । अहिले नेपालमा हाम्रो मुख्य कार्यालय दाङ घोराहीको विपि चोकमा रहेको छ भने हाम्रो अन्य ३ वटा शाखाहरु रहेका छन् । अहिले हाम्रो एउटा शाखा सुर्खेतमा छ भने अरु दुई वटा घोराहीकै गोग्लीमा छ भने अर्काे तुलसीपुरमा रहेको छ । यसरी २०७६ साल कार्तिक ११ गते मारिया ईन्टरनेशनल मन्टेश्वरी टे«निङ सेन्टरको जन्म भयो ।
मन्टेश्वरी ट्रेनिङ लिन आउनेहरुको संख्या कस्तो छ ?
सुरुका दिनहरुमा सहभागी खोज्न केही समस्या भए पनि अहिले भने शिक्षक, शिक्षिका, विद्यालय र अभिभावकहरुले मन्टेश्वरी शिक्षाको महत्वलाई बुझेका कारण ट्रेनिङ लिनेहरुको संख्यामा त्यत्ति कमी आएको छैन् । सगरमाथा स्कुल, डिभाईन एकेडमी, मेचिकाली स्कुलका टिचरहरुसँगै विशेष त आमाहरुको सहभागीता राम्रो रहेको छ । २० देखी २५ जना सम्म आमाहरुलाई र १० देखी १५ जना टिचरहरुलाई हामीले ट्रेनिङ दिएका छौँ । अहिले हाम्रो ४ वटा शाखाबाट ७० जनाले ट्रेनिङ लिईरहुनु भएको छ । एउटा कक्षा २ घण्टाका हुन्छ भने बेसिक मन्टश्वरी,जुनिएर डिप्लोमा र सिनिएर डिप्लोमा गरेर ३ वटा कोर्ष हामीले पढाई रहेका छौँ ।
शिक्षिका र आमाहरुलाई यहाँहरुले के सिकाउनु हुन्छ ?
मन्टेश्वरी विधि भनेको के हो, मन्टेश्वरी विधिमार्फत कसरी पढाउने भन्ने कुराहरु सिकाउछौँ । मन्टेश्वरी एउटा विधि हो । डा. मारिया मन्टेश्वरीले आज भन्दा सयौ वर्ष पहिले सुरु गर्नु भएको थियो । त्यही विधि अनुसार हामीले ट्रेनिङ प्रदान गछौँ । हामीले बच्चालाई घोकाएर, पिटेर होईन तर उनिहरुलाई माया गरेर व्यवहारी तरिकाले सिकाउनु पर्छ भन्ने कुरा सिकाउछौँ ।
विद्यार्थिहरुले बुकबाट सैद्धान्तिक कुराहरु त लिन्छ तर उसले व्यवहारीक कुरा ज्ञान लिन सक्दैन । जस्तै स्याउ भनेर पठाउछौ उसलाई स्याउ देखाउन सकियो भने उसले स्याउलाई हेरेर, छोएर, सुंगेर हरेक तरिकाले अध्ययन गरेर स्याउलाई मज्जाले बुझ्न पाउछ । त्यसैले हरेक कुराहरुलाई हामीले व्यवहारिक तरिकाले पढाउनु पर्छ, त्यो नै मन्टेश्वरी शिक्षा हो भनेर हामीले सिकाउ छौँ ।
वर्तमान समयमा विद्यालयहरुले मन्टेश्वरी शिक्षालाई कत्तिको लागु गरेको पाउनु भएको छ ?
अहिले सरकारी स्कुलहरुमा मन्टेश्वरी शिक्षाका लागी आवश्यक केही मटिरियलहरु भएपनि प्रयोग हुन सकेको छैनन् भने बोर्डिङ स्कुलहरुमा मटिरियलहरुलाई अलि महंगो समेत पर्ने भएकाले लिन नसकेको जस्तो पनि देखिन्छ ।
कतिपय विद्यालयहरुले चाही मन्टेश्वरीको महत्वलाई नबु्झेर पनि मटिरिएलहरुलिनु भएको छैन् । परमपरागत शैलीभन्दा हामीले आधुनिक शैलिबाट मन्टेश्वरी शिक्षा दिन जरुरी छ । बच्चाले आफै महशुस गर्दै पढ्नु पर्ने हुन्छ ।
ठुलो कक्षाहरुमा त विशेष सैद्धान्तिक शिक्षालाई नै फोकस गरिन्छ, ति विद्यार्थीका मन्टेश्वरी शिक्षाको महत्व कस्तो ?
बुकसँगै प्रयोगात्मक शिक्षा आजको आवश्यकता हो । त्यसैले हामीले शैद्धान्तिक शिक्षासँगै ब्यवहारिक शिक्षा लिन पनि आपरिहार्य हुन्छ । हामीले प्रयोगात्मक शिक्षालाई मात्रे फोकस गर्दैनौ । अर्काे तर्फ हामीले सकारात्कमक र सभ्य संस्कारलाई पनि केन्द्रबिन्दुमा राखेका हुन्छौँ ।
त्यसैले १० पछि बाहिर गएर पढ्दा बालबालिकालाई कुलतमा फस्ने जस्ता कुराहरुबाट बच्ने र सकारात्मक सोचको बिकास गर्ने कुराहरु पनि मन्टेश्वरी शिक्षाले सिकाउछ । हामीले बालबालिका आफ्नो काम आफै गर्न प्रेरित गर्ने खालका कुराहरु पनि सिकाउछौँ ।
त्यसैले सानोदेखी ठुलो विद्यार्थिहरुका लागी मन्टेश्वरी विधिको पढाईले निकै महत्व राख्छ त्यसले आज यो आधुनिक युगमा सबैले विद्यालयहरुले सबै कक्षाका विद्यार्थिहरुलाई मन्टेश्वरी विधिबाट पढाउन जरुरी छ ।
मारिया ट्रेनिङ सेन्टरमा लगानी कस्तो छ र यसबाट कस्तो खालको आम्दानी गर्दै हुनुहुन्छ ?
हाम्रो मटरियलर्सहरु केही महंगो पर्छ त्यसैले पनि लगानी विशेष मेटरियलमै लाग्छ । १२ लाखको लगानीमा लागेको छ भने यसबाट हुने आन्दानीबाट पनि म निकै सन्तुष्ट छु ।
मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टरको अव नया योजना के छ ?
आगामी वर्षको वैशाक देखी बालबालिकालाई पढाउनको लागी मारिया मन्टेश्वरी विद्यालय खोल्ने तयारीमा छु । मैले ट्रेनिङ दिएका राम्रो टिमलाई स्कुलमा परिचालन गरि मन्टेश्वरी विधिबाट शिक्षा प्रदान मेरो योजना छ ।
यो समय र विचारका लागी धेरै धेरै धन्यवाद
मलाई मेरो अनुभव र मारिया ईन्टरनेशनल मन्टेश्वरी ट्रेनिङ सेन्टरको बारेमा महत्वपुर्ण कुराहरु राख्ने अवसर दिनुभएकोमा यो अवसरका लागी राजमार्ग अनलाईन परिवारलाई धेरै धेरै धन्यवाद ।