दाङमा ४५ जना सडक मानबको उद्धार, ६ जना परिवारमा फर्किए

दाङ, १२ पुस। दाङमा एक बर्षको अबधीमा ४५ जना सडक मानबको उद्धार गरिएको छ । निल सागर सेवा आश्रमले स्थानिय सरकार सँगै विभिन्न अभियन्ताहरुको सहयोगमा ४५ जना सडक मानबको उद्धार गरेको हो । घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा र सिसहनिया बजार क्षेत्रमा रहेका बेवारिसे सडक मानवको उद्धार गरि निलसागर सेवा आश्रमले आश्रय दिएको हो ।

मानसिक सन्तुलन गुमाएका, घरबाट निकालामा परेको, अलपत्र परेका, हिंसामा परि सडकमा आइपुगेका बेवारिसे मानवहरुलाई उद्धार गरि आश्रममा राखेको हो । यसरी सडकबाट उद्धार गरिएका केही व्यक्तिहरुलाई निल सागरले परिवारमा समेत पूर्नस्थापना गरेको छ ।

सेवा आश्रम दाङका संयोजक प्रकाश बिष्टका अनुसार ६ जनालाई परिवारमा फर्काईएको छ । कोरोना संक्रमणका कारण विगत केही समय देखी सडक मानबको उद्धार गर्न नसकिएको र अब भने उद्धार थालिएको संयोजक विष्टले बताउनुभयो ।

Blog Post Ad