करेन्ट लागेर सल्यानमा एक जनाको मृत्यू

सल्यान ११, पुस । बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लागेर सल्यानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, वागवजार नजिकैँ बसको छत वाट सामान झार्ने क्रममा थ्री फेज लाईनबाट करेन्ट लागेर दाङको दंगीसरण गाउँपालिका वडा नम्बर ३ निवासी २१ बर्षिय सवारी सहचालक राजेश डाँगीको मृत्यू भएको हो ।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोलाका लागी छुटेको ना ८ ख २९६२ नम्बरको बसको छतबाट सामान झार्ने क्रममा हिजो अपराह्न ४ वजे करेन्ट लाग्दा घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Blog Post Ad