दाङ, २१ मंसिर। लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा कोरोनाबाट अहिलेसम्म ३ सय ३ जनाको मृत्यु भएको हो ।
रुकुम पुर्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म शून्य रहेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार दाङमा ३६ जनाको मृत्यु भएको छ ।
प्रदेशमा २४ हजार १७ जनामा कोरोना संक्रमण हुँदा ३ सय ३ जनाको मृत्यु भएको छ । प्रदेशमा कुल संक्रमितमध्ये १ दशमलव २६ प्रतिशतको मृत्यु भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा १६ देखि ५९ वर्षका १७२ जनाको मृत्यु भएको छ । त्यस्तै १५ वर्ष मुनिका बालबालिका ३ जना र ६० वर्षदेखि माथिका १२७ जनाको मृत्यु भएको छ ।
लुम्बिनि प्रदेशमा रुपन्देहीमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ । त्यस्तै बाँकेमा ३९, पश्चिम नवलपरासीमा २७ पाल्पामा २३, कपिलवस्तुमा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी गुल्मीमा ११, अर्घाखाँची ९, बर्दियामा ७, प्युठानमा ४, रोल्पामा ३ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा अहिलेसम्म २१ हजार ८२९ संक्रमणमुक्त भएको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।