कहिले रिलिज हुँदैछ संजय दत्त स्टारर केजीएफ च्याप्टर २ को टिजर ?

एजेन्सी । केजीएफ च्याप्टर १ ले बक्स अफिसमा धमाकेदार कमाई गर्न सफल भएको थियो । उक्त फिल्मको च्याप्टर २ कहिले रिलिज होला भनेर फ्यानहरु पर्खिबसेका छन् ।

Blog Post Ad

अब भने उक्त पर्खाई धेरै लामो नहुने बताइएको छ । यो फिल्मको टिजरबारे हालसम्म कुनै समाचार बाहिर आएको थिएन ।

Blog Post Ad

अब भने एक रिपोर्टका अनुसार उक्त फिल्मको टिजर रिलिज हुने दिन घोषणा भएको छ । उक्त फिल्मको टिजर जनवरी ८ मा रिलिज हुने बताइएको छ ।  फिल्मका एग्जिक्यूटिभ प्रोड्यूसर कार्तिक गोदाले यस कुराको पुष्टि गरेका हुन् ।