मोडलिङमा क्वान्टीटी होईन क्वालिटी मेरो पहिचान

‘गितको भिडियो चल्नको त्यो गितको अडियो कस्तो छ भन्ने कुरामा भर पर्छ । हामीले गित अनुसारको रुन जानेनौँ र रोमान्टिक गितमा त्यहि अनुसारको रोमान्टिक बन्न सकेनौ भने त कलाकारिता राम्रो बन्न सक्दैन् ।’

मोडल बिक्रम बुढाथोकी अपरिचित नाम होइन्, विगत ६ वर्षदेखी मोडलिङ गर्दै आउनु भएका दाङ घोराहीका बुढाथोकी अहिले राष्ट्रिय स्तरमा चर्चित मोडलको रुपमा परिचित हुनुुहुन्छ । म बाचेकै तिमीसँग माया लाउन, उसलाई पाउन, आशुको तलाउ, म त सञ्चै छु यहाँ जस्ता चर्चित गितहरुमा मोडलिङ गरिसक्नुु भएका मोडल बुढाथोकीसँग कुराकानी गरेका छौँ ।–सम्पादक

Blog Post Ad

प्रस्तुति : चन्द्रप्रकास नेपाली

मोडलिङ क्षेत्रमा तपाईको प्रवेश कसरी भयो ?
म केही वर्ष पहिले कतार गएको थिए । त्यहाँ विभिन्न सांगितिक कार्यक्रमहरु हुने गर्दथे । म त्यस्ता कार्यक्रमहरुमा नाच्ने गर्दथे । मेरो नृत्य देखेर सबै साथिहरुले मेरो प्रसंशा गर्नु हुन्थ्यो । त्यसबाट पनि मलाई एक खालको उत्साह मिल्यो र मैले नेपालमा आएर मोडलिङ सुरुवात गरे ।

कत्तिको संघर्ष गर्नु प¥यो ?
मैले म्याक्सम खातीको आवाजमा रहेको आई लव यू भन्ने बोलको गितबाट सांगितिक यात्रा सुरु गरेको हुँ । मलाई मोडलिङ क्षेत्रमा प्रवेश गर्दा त्यत्ति धेरै असहज भने भएन । पाल्पाको एक जना ईश्वर काफ्ले भन्ने दाईले मलाई एकदमै सहयोग गर्नुभयो । उहाँले बसन्त फिलिम्स सञ्चालन गर्नु भएको थियो । उहाँको सहयोगका साथै अन्य अग्रज कलाकार साथीहरुसँगको सहकार्य र मेरा दर्शकको अपार माया र सहयोगका कारण आज यो स्थानमा पुगेको छु । गितहरुमा मोडलिङ गर्दै जाँदा ‘मैले जसलाई धेरै माया गर्थ’े बोलको सन्तोष केसीको लय तथा शब्दमा रहेको गितमार्फत् मैले वेष्ट अवार्ड पनि प्राप्त गरे ।

अवार्ड प्राप्त गर्दा कस्तो खालको महशुस हुँदो रै छ ?
विशेषत विभिन्न वेष्ट अवार्ड पाईरहदा र मैले माडलिङ गरेका गितहरुले राम्रो बजार पाईरहदा भने निकै खुशि लाग्छ एक प्रकारको नयाँ उत्साह प्राप्त हुन्छ । मैले अवार्ड प्राप्त गरेपछि ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ बोलको प्रमोद खरेलको आवाजमा रहेको गितमा मैले गरेको अभिनयले पनि राम्रो सफलता हात प¥यो । यस्ता सफलताले मैले अझै राम्रो गर्दै जानुपर्छ भन्ने सोचाई आउने गरेका छन् । यो सफलतासँगै म आफुले अझै उत्कृष्ट प्रस्तुती दिनुपर्छ भन्ने जिम्मेवारी मलाई बढेको महशुस मैले गरेको छु ।

मोडलिङ क्षेत्र नै रोज्नुको कारण के होला ?
मैले मेरो मनको सन्तुष्टिको लागि सांगितिक क्षेत्रलाई रोजेको हँु । मलाई मोडलिङ क्षेत्रले नै एउटा अमूल्य पहिचान दियो । सुरुमा यो क्षेत्रमा प्रवेश गर्दाको दिनको तुलनामा अहिले मलाई मेरा दर्शकले हेर्ने दुष्टिकोण पनि केही फरक भएको मैले महशुस गरेको छु र मैले आफुले गर्दै गरेको मेरो कामबाट म आफु सन्तुष्ट पनि छु ।

मोडलमा कस्तो खालका गुणहरु हुन आवश्यक छ, तपाईको विचारमा ?
कुनै पनि कामलाई उत्कृष्ट तरिकाले गर्नको लागि राम्रो दक्षताको आवश्यकता पर्छ । यस क्षेत्रमा त्यस्ता केही गुणहरु चाँही आवश्यक पर्छ । मेरो आफ्नो मोडलिङको बारेमा भन्नुपर्दा मैले चाँही धेरै मात्रामा प्रमोद खरेलका स्याड गितहरुमा मोडलिङ गर्ने गरेको छु । अर्को कुरा मोडलिङको लागि एकदमै महत्वपुर्ण भनेको अभिनय पनि हो । हामी स्याड गित अनुसारको रुन जानेनौँ र रोमान्टिक गितमा त्यहि अनुसारको रोमान्टिक बन्न सकेनौ भने त हाम्रो कलाकारिता राम्रो बन्न सक्दैन् । त्यसैले मोडलिङमा पनि जसले गितअनुसार आफुलाई चलाउन सक्यो उसले नै राज गर्दछ ।

मोडलिङमा तपाईले प्रमोद खरेलकै स्याड गितलाई नै किन रोज्नु हुन्छ ?
मैले आफुले अनुभव गरेको मलाई मार्मिक वा भनौ भावुक आधुनिक गितहरुमा नै मोडलिङ सुट गर्छ । स्याड गित भन्ने वित्तिकै सबै गित उस्तै उत्कृष्ट हुन्छन् भन्ने पनि छैन् । प्रमोद खरेल दाईले स्वरवद्ध गर्नुभएका गितमा त्यो एक खालको उत्कृष्टपन भेट्न सकिन्छ । गितको भिडियो चल्नको त्यो गितको अडियो कस्तो छ भन्ने कुरामा भर पर्छ । त्यसैले मैले प्रमोद खरेलका भावुक गितहरुमा मोडलिङ गर्छु ।

कहिलेकाहीँ आफैले अभियन गरेका भिडियो नराम्रो लाग्ने हुन्छ कि हुँदैन् ?
मैले मोडलिङ गरिरहदा खेरी अलिकति धेरै समय लगाएर गर्छु तर १,२ महिनाको अन्तरालमा मैले गित निकाल्छु । रेगुलर चाँही मैले गर्दैन किनकी मलाई धेरै म्युजिक भिडियो भन्दा पनि गुणस्तरिय भिडियो चाहिएको हो । म्युजिक भिडियोको क्वान्टिटमा भन्दा पनि मैले म्युजिक भिडियोको क्वालिटीमा ध्यान दिएर मेहनत गर्छु ।

तपाईले मोडलिङ गरेको गितमध्ये सबैभन्दा मन परेको गित चाँही कुन हो ?
मैले गरेका गितहरु मध्ये मलाई धेरै मन परेको चाँही प्रमोद खरेलको आवाजमा रहेको म बाचेकै तिमीसँग माया गर्न हो भन्ने बोलको गित हो । अब धेरै माया र रुवाउने हजार बोलको गित छिट्टै सांगितीक बजारमा आउदै छ । यी गितहरुलाई पनि युटुवमा हेरिदिनु होला भन्न चाहान्छु, म मेरा दर्शकहरुलाई ।

तपाई मोडलिङबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म मेरो आफ्नो कामबाट धेरै नै सन्तुष्ट छु । मैले मेरो सन्तुष्टिकै लागि मोडलिङ क्षेत्रलाई रोजेको हँु । जुन सोचाईको साथमा मैले मोडलिङ सुरुवात गरेको हु । मैले त्यो लक्ष्य हात परिरहेको छु । यदि म यो काममा सन्तुष्ट हुदैन थिए भने मैले यो क्षेत्र छोडी पनि सकेको हुने थिएँ ।

तपाईको प्रेम सम्वन्ध के छ ?
म अविवाहित भन्ने कुरा त यहाँले आफै पनि भनिहाल्नु भयो । अर्को कुरा लभको आयो म अहिले कुनै पे्रम सम्वन्धमा पनि छैन् । अर्थात् मसंग जिवन बिताउने त्यस्तो खालको मान्छेको अझै मेरो जिवनमा प्रवेश भएको छैन् । म प्रतिक्षामै छु, जव त्यस्तो मान्छेको प्रवेश हुन्छ । त्यसपछि मलाई मेरा दर्शकहरुले जोडीमा देख्नुहुन्छ ।

तपाईलाई प्रपोज कत्तिको आउछ ?
कस्तो हुन्छ भने मन पर्ने पनि धेरै किसिमका हुनछन् । कसैले मेरो मोडलिङ हेरेर मलाई राम्रो मान्छन् भने कसैले मलाई बुझेर राम्रो मान्छन् । यसरी विभिन्न तरिकाले मलाई मन पराउने भेटेपनि जिन्दगी बिताउने खालको मन अझै भेटेको छैन् । मलाई माया गर्छु भन्दै प्रपोजहरु आउदा मैले पनि माया गरिदिन्छु । अभि(नयलाई मन पराउने भेटेको छु, तर मलाई मन पराउने भेटेको छैन् ।

तपाईलाई मन पर्ने मोडल चाँही को नी ?
मलाई मन पर्ने मोर्डलको कुरा गर्नुपर्दा चाही दाङकै पल शाह मन पर्छ र त्यसपछि गितमा सँगै काम गर्न भने शिल्पा पोख्ररेलसँग सहज लाग्छ । तर सबै मन पर्छ । मलाई मेरा अग्रज कलाकारहरुबाट पनि राम्रो साथ र सहयोग मिल्ने गरेको छ ।

मोडलिङ क्षेत्रमा तपाईलाई मन नपर्ने कुरा के छ ?
यो क्षेत्रमा पनि खुट्टा तान्ने प्रवृति निकै छ । आज मैले मोडलिङ गर्ने ठिक्क भएका गितहरुमा पनि भोली अर्कैले मोडलिङ गरिरहेको हुन सक्ने त्यस्तो खालको विक्रृती देखिन्छ । जसलाई जुन गितले न्याय दिन्छ त्यो गितमा मोर्डलिङ गर्नुपर्दछ भन्ने लाग्छ ।

तपाई मिडियामा चाँही किन आउनु हुदैन् ?
मलाई मिडियामा आएर अन्तरवार्ता दिएर धेरै चर्चित बन्नु छैन् । म चाँही मेरो प्रस्तुतीले नै मेरा दर्शकहरुको मन जित्नुपर्छ भन्ने सोचाईको मान्छे । त्यसैले पनि म मेरा दर्शकको मन मेरा प्रस्तुतीबाटै जित्न चाहानुहुन्छ । कहिलेकाँही तपाईले अन्तरवार्ता किन दिनु हुदैन भन्ने खालका प्रश्नहरु पनि आउछन् ।

अन्त्यमा केहि ?
मेरो सांगितिक यात्राको विषयमा केही कुराहरु राख्न दिनुभयो । तपाईसहित राजमार्ग अनलाईन परिवारलाई धन्यवाद ।