Ad Area
Ad Area

लुम्बिनी प्रदेशका १० वर्ष मुनिका ५ सय बढी बालबालिकामा कोरोना

जीतसागर जी.एम.

दाङ, १५ मंसिर। लुम्बिनी प्रदेशमा १० वर्षमुनिका झण्डै ६ सय बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटै जिल्लामा अहिलेसम्म ५ सय ९२ जनामा संक्रमण देखिएको छ ।

Blog Post Ad

प्रदेशमा १० वर्ष मुनिका बालबालिका संक्रमण धेरै हुनेमा रुपन्देही रहेको छ । रुपन्देहीमा ८८ बालिका र ११५मा संक्रमण देखिएको छ । त्यस्तै दाङमा ३३ बालिका र २८ बालकमा कोरोना संक्रमण देखिएको छ ।

Blog Post Ad

बाँकेमा ४२ बालिका र ४५ बालक, बालक, कपिलवस्तुमा २३ बालिका र ३१ बालक,बर्दियामा १४ बालिका र २३ बालकमा संक्रमण देखिएको छ । त्यस्तै प्युठानमा १५ बालिका र १३ बालक, गुल्मीमा १५ बालिका र १३ बालकमा संक्रमण देखिएको छ ।

त्यसैगरी अर्घाखाँचीमा १२ बालिका र १५ बालक, पाल्पामा १७ बालिका र १४ बालक, नवलपरासी पश्चिममा १२ बालिका र २० बालक, रोल्पामा २ बालिका र १ बालक र रुकुमपूर्वमा १ बालकमा संक्रमण देखिएको छ ।

नेपालमा अहिलेसम्म ५ हजार ७ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ३१ हजार ९ सय ७८ जना कोरोना संक्रमितमध्ये ५ हजार ७ सय ८४ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

Ad Area