Ad Area
Ad Area

साविक राप्तीमा २९ वटा अस्पतालको आज एकै दिन शिलान्यास

दाङ, १५ मंसिर। दाङ सहित साविक राप्तीका जिल्लामा २९ वटा अस्पतालको आज एकै दिन शिलान्यास हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यतालिका अनुसार आज एकैदिन साविक राप्ती अन्चलका पाँच जिल्लामा २९ वटा अस्पतालको शिलान्यास हुने भएको हो ।

सरकारले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउन योजना अनुरुप साविक राप्तीमा ३० वटा अस्पताल बन्ने भएको हो ।

Blog Post Ad

यसअघि घोराहीमा नै शिलन्यास भईसकेको छ । दाङमा ६ वटा, सल्यानमा ७, रोल्पामा ७, रुकुम पुर्वमा २, रुकुम पश्चिममा ३ र प्युठानमा ५ गरी साविक राप्तीमा ३० वटा अस्पतालको भवन निर्माण हुने भएको हो ।

Blog Post Ad

ती मध्ये दाङमा पाँच वटा , सल्यानमा ५, रोल्पामा ६, रुकुम पश्चिममा ३ र प्युठानमा ५ गरी २४ वटा अस्पताल १५÷१५ शैयाको हुने भएको छ भने सल्यानमा २ वटा १० ÷१० शैया अस्पताल बन्ने भएको छ । यस्तैगरी रुकुम पुर्वमा २ , दाङ र रोल्पामा एक÷एक गरी चार वटा अस्पताल ५÷५ शैयाको हुने भएको छ ।

मन्त्रालयका अनुसार १५ शैयाको अस्पताल हुनेमा पश्चिम दाङको दंगीशरणमा श्रीगाउँ स्वास्थ्य चौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, शान्तीनगरको बाघमारे स्वास्थ्य चौकी, बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी र राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्य चौकी रहेका छन् ।

Ad Area