प्यूठान नगरपालिकामा नौलो कार्यक्रम : स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई १२ प्रकारका कोशेली

दाङ, १३ मंसिर । घरमै प्रसुती गराउँदा स्वास्थ्यमा जोखिम बढेको भन्दै दक्ष स्वास्थ्यकर्मीबाट मात्र प्रसुती गराउन प्रोत्साहनका लागि प्यूठान नगरपालिकाले सुत्केरीलाई कोसेली कार्यक्रम ल्याएको छ ।

असुरक्षित तरिकाबाट प्रसुती गराउँदा मातृ शिशुको मृत्युदर बढ्दै गएको भन्दै कम गर्न र पोषण सुधारका लागि पहिलो पटक कोसेली कार्यक्रम संचालनमा ल्याइएको हो ।

Blog Post Ad

नगरपालिकाले असुरक्षित रुपमा हुने सुत्केरीलाई निरुत्साहित गरी संस्थागत सुत्केरी गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सुत्केरीसगँ कोशेली कार्यक्रम ल्याएको छ ।

Blog Post Ad

नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाइ १२ प्रकारका कोेशेली उपलब्ध गराउने गरेको छ ।

पालिकाले घरमै सुत्ुकेरी गराउँदा आमा र बच्चा दुबै जोखिममा पर्ने भन्दै त्यसलाई कम गर्न यो कार्यक्रम संचालनमा ल्याएको हो ।

नगरपालिकाले सस्थागत रुपमा सुत्केरी हुने महिलालाई कोसेलीमा एक क्यारेट अण्डा, सेनेटरी प्याड, एक बट्टा हर्लिक्स, नुहाउने तथा लुगाधुने साबुन, टुथपेष्टसहित १२ प्रकारका सामग्री कोशेलीका रुपमा उपलब्ध गराउने गरेको छ ।

हालसम्म नगरपालिकाले पालिकाका १० वटा स्वास्थ्य संस्थालाई दुई सय ५० जना बच्चा र आमालाई पुग्ने गरी कोसेली उपलब्ध गराइएको छ ।

घरमै सुत्केरी हुदा पोषण कमी हुने र जोखिम घटाउन यो कार्यक्रम सहयोगी हुनेछ । नगरपालिकाले कार्यबिधी तयार गरेर कार्यक्रम संचालनमा ल्याएको हो ।

पालिकाले प्रति सुत्केरी १ हजार २ सय ५३ रुपैंयाँ बराबरको कोशेली उपलब्ध गराउने छ ।

घरमै सुत्केरी हुुँदा हुने जोखिम र कुपोषणलाई कमी गर्न नगरपालिकाले लिएको नीति सहनिय छ । जसले गर्दा शुन्य होम डेलिभरी हुनेछ भने अर्काेतिर मातृ शिशु मृत्युदरमा कमी ल्याउन सहयोगी बन्नेछ ।