केकीले फिल्म ‘बोक्सीको घर’ निर्माण गर्ने

नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन् ।

Blog Post Ad

सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

Blog Post Ad

यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ । फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा बद्री अधिकारीको निर्माण रहनेछ ।