Ad Area
Ad Area

दाङमा गुडिरहेको ट्रकमा आगलागी

दाङ, ११ मंसिर । दाङमा गुडिरहेकोे ट्रकमा आगलागी भएको छ । दाङको घोराही उपमहानगरपालिका ३ मसोटमा घोराहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा आगलागी भएको हो । विद्युतियतार सर्ट भएर ट्रकमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

Blog Post Ad

आगलागीबाट मानबिय क्षती नभए पनि ट्रक जलेर पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । उता रोल्पामा स्काभेटरमा आगजनी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनिल स्मृती गाउँपालिका १ घोरखोलामा पुल निर्माणको काममा प्रयोग हुदै आएको आँशु निर्माण कम्पनीको रा १ क ३६७ नम्बरको स्काभेटरमा आगजनी भएको हो ।

Blog Post Ad

आगजनी गरेको अभियोगमा प्रहरीले सोही ठाउँका निरिपेन्द्र शाही र प्रदिप कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Ad Area