Ad Area Ad Area
Ad Area
Ad Area

दंगीशरणमा स्वच्छ खानेपानीका लागि फिल्टर वितरण

Blog Post Ad

दिप्तीशिखा चौधरी

Blog Post Ad

दंगीशरण, असार १२ । “फिल्टर भन्ने नाम मात्र सुनेको थिए । फिल्टरले सफा पानी छान्छ भन्ने सुनेको थिए । अव त सफा पानी खाने पाईने भो ।” दंगीशरण गाउँपालिका वडा न. ७ रजपल कि ६४ बर्षिय बिरमा वि.क.को भनाई हो । उनी फिल्टर लिन वडा कार्यालय आईपुगेकि थिईन् । वि. क.ले खुसी हुदै भनीन उमेरै गईगो फिल्टर ग¥या पानी खाईया थिएन ।

Blog Post Ad

उनी फिल्टरलाई सलमा बेर्दै भनीन् । सोहि वडा बोकटिकी मैती दमीनी घरमा एक्लै छिन् । उनलाई पनि वडाले फील्टर दिन लागेको कुरा सुन्दा अनौठो लाग्यो , “वडा अध्यक्षले घरमै गएर खबर गर्नुभयो अनी आहम” दमीनीले सुनाईन् । “अव यसलाई कसरी जोड्ने हो नानी यो त अग्लो हुन्छ केर” खुसीको फिल्टर दिएपछि मैती दमीनीको खुसीको सिमा नै थिएन । पानी फिल्टरमा कसरी हाल्ने , कसरी छानीएर बाहिर आउँछ उनले जीज्ञासा राखीन ।

Blog Post Ad

विष्णी चौधरी पनी वडाले खबर गरेपछि सोहि गाउँबाट फिल्टर लिने भनेर वडा सम्म आईपुगेकि थिईन् । वडा न. ७ का २२ जना अती विपन्न वर्गका घरपरिवारलाई आज शुक्रबार वडाले फिल्टर वितरण गरेको हो । बर्खाको समयमा अती विपन्न घरपरिवारहरु सफा पानी खान पाउँन भन्ने उद्धेश्यले फिल्टर वितरण गरिएको वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए ।

गाउँमा भएका अती विपन्न वर्गका घर परिवारहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै उनीहरुकै माग अनुशार फिल्टर वितरण गरिएको वडा अध्यक्ष वलीले बताए । समय अनुशार नाचगरीहरुको बाच्ँने शैली फरक हुनुपर्छ भन्ने सोचका साथ यस्तो खालको कार्यक्रमलाई वडाले प्राथमिक्ता दिएको उनले बताए ।

“समय सापेक्ष नागरीकहरुको माग पूरा गर्दाखेरी उनीहरु पनि खुसी हुने र स्वच्छ जिवन शैलीका लागि मानशिक्ता पनि बद्लिने भएकाले वडाले यस प्रकारको नौलो कार्यक्रमको आयोजना गरेको हो ।” वलीले भने । कार्यक्रमको शहजीकरण वडा सचिव दिपक के.सी.ले गरेका थिए ।

Ad Area

Leave a Reply

Your email address will not be published. Required fields are marked *