Ad Area Ad Area
Ad Area
Ad Area

विद्यार्थीलाई पोषण : चाउमिन र भुजा

दाङ, फागुन २४ । घोराही उपमहानगरपालिका– १४ स्थित श्री बालविकास माध्यमिक विद्यालयमा आइतबार पुग्दा विद्यार्थी चमेनागृहमा तयार पारेर प्लास्टिकमा बेरिएको चाउमिन खाइरहेका थिए ।

Blog Post Ad

कक्षा ३ की एलिशा विकले घरमा खाजा नबनाइदिएको र आमाले नै चाउमिन खानलाई पैसा दिएको बताइन् । घरबाट खाजा ल्याएका अन्य विद्यार्थीले पनि प्रायः दाल, भात र रोटी ल्याएका थिए । घोराही उपमहानगरपालिकाकै शुभप्रभात माविमा पनि विद्यार्थीले चाउचाउ खाइरहेको भेटियो ।

Blog Post Ad

आमाले रोटीसँग तरकारी नदिँदा चाउचाउ खाएको कक्षा ३ मा अध्यनरत प्रकाश डाँगीले बताए । ‘आमाले रोटी बनाइदिनुभयो । तर, तरकारी बनाइदिनुभएन,’ उनले भने, ‘तरकारीका रूपमा चाउचाउ प्रयोग गर्न पैसा दिएपछि चाउचाउ खाएको छु ।’

Blog Post Ad

नयाँ पत्रिकाबाट

Blog Post Ad

Ad Area

Leave a Reply

Your email address will not be published. Required fields are marked *