काठमाडौंको फेसन रनवेमा राजेश हमालदेखि तारा सुतरियासम्म (तस्वीर)

दाङ, २९ जेठ । केही दिनअघि काठमाडौंमा टीजआइएफ फेसन सप्ताहको आयोजना गरियो । अभिनेता राजेश हमालदेखि बलिउड अभिनेत्री तारा सुतरिया उक्त इभेन्टमा आकर्षण बने ।

Blog Post Ad

Blog Post Ad

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री स्वस्तिमा खड्का, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, आना शर्मा, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, शिल्पा मास्केले रनवेमा देखिए ।

शिवांगी प्रधानको पहिरनमा ‘स्टुडेन्ट अफ द इयर २’ फेम्ड अभिनेत्री तारा सुतरिया रनवेमा प्रस्तुत भएकी थिइन् । अभिनेता हमाल हुबाको लेदर पहिरनमा आकर्षक रुपमा प्रस्तुत भए ।

अभिनेत्री साम्राज्ञी डिजाइनर प्रधानकै लेहेंगामा प्रस्तुत भएकी थिइन् । स्वस्तिमा मिनल एण्ड दीपाको डिजाइनमा प्रस्तुत थिइन् । प्रियंका र आयुष्मान प्रियान्शी जलनको डिजाइनरमा रनवेमा हिँडे ।

अभिनेता प्रदीप खड्का राइनो हाइवेको डिजाइनमा प्रस्तुत भएका थिए ।