नेपालगन्जबाट चोरीको गाडिसहित रुकुमका ललित मल्ल पक्राउ

दाङ, २९ जेठ । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ ।

Blog Post Ad

नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी रोकी चेकजाँच गर्दा सवारी धनी कागज पत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको हुँदा चालक मल्ललाई पक्राउ गरेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख गरीएको छ ।

Blog Post Ad

नियन्त्रणमा लिएको गाडीलाई भन्सार कार्यालय नेपालगंजमा पठाईएको प्रहरीले जनाएको छ ।