नारायणपुरमा प्रवेशद्वार उद्घाटन

दाङ, २९ जेठ । घोराही–१० नारायणपुरको संयुक्त टोलमा निर्माण भएको सिद्धरत्ननाथ क्याम्पसको प्रवेशद्वार उद्घाटन गरिएको छ ।

Blog Post Ad

संयुक्त टोल विकास संस्थाका अध्यक्ष खुशलराम डाँगीको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा प्रवेशद्वार उद्घाटन गरिएको हो । संयुक्त टोल विकास संस्थाका सदस्य अनिल विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सिद्धरत्ननाथ क्याम्पस ब्यवपस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डाँगी, घोराही–१० का वडाध्यक्ष दीपक पाण्डे, नेपाली कांग्रेस क्षेत्र नं.२ ख का क्षेत्रीय सभापति अभियान बस्नेत, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार बस्नेत, नेकपा माओवादी घोराही नगर कमिटीका उपाध्यक्ष शक्तिराम डाँगी, दूरसञ्चार टोल विकास संस्थाका अध्यक्ष मोहनराज आचार्य, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे, सिद्धरत्ननाथ क्याम्पसका प्रमुख दीपक लामिछानेलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

Blog Post Ad

प्रवेशद्वार निर्माण समितिका संयोजक छवि रसाइलीले प्रवेशद्वार बनाउन लागेको आय ब्यय प्रस्तुत गर्नुभएको थियोे । घोराही उपमहानगरपालिकाको एक लाख ५० हजार र दाताहरुबाट छ लाख ४१ हजार छ सय ८९ रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण सम्पन्न भएको थियोे । कार्यक्रमको सञ्चालन विष्णु भण्डारीले गर्नुभएको थियो ।