बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन

लक्ष्मण बस्नेत

Blog Post Ad

दाङ, २९ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

Blog Post Ad

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुन्डी रंगशाला संचालित प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा लुम्बिनी फुटबल एकेडेमी घोराही लाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै बिएफएल फुटबल क्लब च्याम्पियन भएको हो ।

लिग क्वालिफायर्सको च्याम्पियन बनेको बिएफएलले च्याम्पियन ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो भने उपबिजेता लुम्बिनी फुटबल एकेडेमिले उपबिजेताको ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो ।

कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म एक / एक गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको प्रतियोगिताका संचालन समितिका संयोजक केशव चौधरीले जानकारी दिनु भएकोछ ।

डिभिजन लिग क्वालिफायर्समा जिल्लाका ८ फुटबलको क्लबको सहभागिता रहेको थियो । खेल नकाउट प्रणाली आधारमा खेलाईएको थियो ।

यसैबिच प्रतियोगिताको समापन कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो

यसैबिच दाङ जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ असार ५ गते देखि सुरु हुने भएकोछ ।

लिगमा जिल्लाका १२ फुटबल क्लब बिच कडा प्रतिस्पर्धा हुनेछ । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।