रोल्पामा शिक्षिकाको सरुवामा दादागिरी

रोल्पा, २८ जेठ । रोल्पामा एक गाउँपालिकाले शिक्षिकाको सरुवामा आफ्नो दादागिरी देखाएको छ । सुनील स्मृति गाउँपालिकाले शिक्षिका विपना घर्तीमगर विष्टको सरुवामा अवरोध गरिरहेको छ ।

यो माओवादीका जनप्रतिनिधिले जितेको ठाउँ हो । विपना सरुवा भइ जाने विद्यालय र सरुवा हुने विद्यालयबीच सरुवा सिफारिस सहमति भइसकेको अवस्थामा गाउँपालिकाले भने अवरोध खडा गरेको हो ।
त्यतिमात्र होइन यस सम्बन्धमा पीडितले उच्च अदालत तुलसीपुरमा दिएको निवेदनमा पनि पीडितका पक्षमा फैसला गरेको छ ।

Blog Post Ad

गत जेठ ९ गते अदालतले परमादेश आदेश जारी गरी फैसला गरेको थियो । यसको समेत अपहेलना गरी गाउँपालिकाले उनको सरुवा भएर पनि प्रक्रिया अगाडि बढ्न नदिएको पीडितले बताएकी छिन् ।

Blog Post Ad

उनको रोल्पाको सिमगिठा ३ लुङ्ग्रीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयबाट रोल्पाको खारा ३ सुनिलस्मृतिमा सरुवा हुनुपर्ने हो । अदालतको आदेशकोसमेत अपहेलना गर्ने पालिकामाथि कारबाही गर्नुपर्ने मागसमेत भइरहेको छ । पत्र पाइसकेपछि सरुवा दिने विद्यालय र सरुवा लिने विद्यालयले पालना गरेका छन् । उनको सरुवा भई हाजिरीसमेत भइसकेको छ ।

तर पालिकाले भने विभिन्न धम्की दिएर हाजिर नगराउन भनेसँगै थप तनाव भएको पीडितले बताएकी छिन् ।