तुलसीपुर ईशानले गर्यो बबईमा आँखा शिविर

निरला अर्याल ।

Blog Post Ad

दाङ, २७ जेठ । बबई गाउँपालिकामा नि : शुल्क आँखा शिविर संचालन गरिएको छ । लायन्स क्लव अफ तुल्सीपुर ईशानको आयोजना तथा राप्ति आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम गरिएको हो ।

Blog Post Ad

लायन्स क्लव अफ तुल्सीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एबं बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष खत्रीले राज्यले गर्नुपर्ने काम सामाजिक संघ संस्थाले गरेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले तुलसीपुर इशनले बबई गाउँपालिकामा रहेका आँखाका बिरामीहरूलाई सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

यस्तै तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीले तुलसीपुर ईशानले सामाजिक उत्तरदायित्व सम्झेर आँखा शिविर संचालन गरिएको बताउनुभयो ।

‘मानिसको सवेदनशिल अंग आँखा हो । संसार देखिने दृष्टि यदि दृष्टिविहीन भयो भने मानव जीवन अन्धकार हुन्छ ।’ उहाँले भन्नुभयो-‘आँखाको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा ईशानले राज्यले गर्नुपर्ने जिम्मेवारी गर्दै आएका छौँ ।’

शिविरमा २ सय २६ जनाको आँखा जाँच गरिएको नेत्र सहायक शान्ता रेग्मीले बताउनुभयो ।

जसमा जटिल प्रकृतिका १६ जनालाई राप्ति आँखा अस्पताल रिफर गरिएको छ । १ सय २४ जनालाई चस्मा वितरण गरिनुका साथै मोतिबिन्दुको सल्यक्रिया गर्ने बिरामीलाई अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुर इशनका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह, बबई गाउँपालिकामा स्वास्थ प्रमुख हरी खड्का लगायतकाले यस्तै किसिमका कार्यक्रम बेला बेलामा हुनुपर्ने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष केशबराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव शरद शर्माले गर्नु भएको हो ।