जेसिआई दाङ लेडीका पदाधिकारीलाई नेतृत्व विकास तालिम

दाङ, २६ जेठ । जेसिआई दाङ लेडीका पदाधिकारीलाई एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम दिइएको छ । शुक्रबार जिल्लाको घोराहीमा एक कार्यक्रमको आयोजना गरी पदाधिकारीलाई एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम दिइएको हो ।

Blog Post Ad

कार्यक्रममा नेपाल जेसिजका पूर्व महासचिव तथा कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका हुन् । साथै प्रशिक्षक आचार्यले भाषण कला सम्बन्धी पनि प्रशिक्षण दिएका थिए ।

Blog Post Ad

जेसिज दाङ लेडी दाङका अध्यक्ष जुन कुमारीको बुढाको अध्यक्षता तथा प्रशिक्षक निशान्त आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेसिज दाङ लेडीका पूर्व अध्यक्ष सुशीला पौडेल, तालिम निर्देशक भीमा डिसी लगायतले मन्तव्य राखेका थिए । सहभागीका तर्फबाट दिपा पुनले मन्तव्य राखेकी थिइन् । सदस्य माया चौधरीले जेसिज आस्था पाठ गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण अर्चना शर्माले गरेकी थिइन् ।