दाङको लागि सङ्घीय सरकारले गर्‍यो पाँच अर्ब ९५ करोड बढी बजेट विनियोजन

दाङ, २४ जेठ । दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन लाख र पुँजीगततर्फ ६४ करोड एक लाख गरेर पाँच अर्ब ५९ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

Blog Post Ad

सङ्घीय सरकारले जिल्लाका १० स्थानीय तहहरुलाई समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड तीन लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदानतर्फ तीन अर्ब ३२ करोड ५० लाख, विशेष अनुदानतर्फ आठ करोड ४५ लाख र समपूरक अनुदानतर्फ आठ करोड ५० लाख बजेट गरी कुल चार अर्ब ९४ करोड तीन लाख बजेट अनुदानको व्यवस्था गरेको हो ।

Blog Post Ad

आर्थिक वर्ष २०८१/०८२ मा तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब चार करोड २३ लाख बजेट पाउने भएको छ । जसका चालुतर्फ ९६ करोड ७३ लाख र पुँजीगततर्फ सात करोड ५० लाख छ । समानीकरण अनुदानतर्फ २७ करोड ९६ लाख, सशर्त अनुदान ७४ करोड ८२ लाख र समपूरक अनुदान एक करोड ४५ लाख बजेट पाउने भएको छ ।

यस्तै घोराही उपमहानगरपालिकाले एक अर्ब १३ करोड १६ लाख बजेट पाउनेछ । जसमा चालुतर्फ एक अर्ब एक करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ६२ लाख रहेको छ । समानीकरण अनुदान ३० करोड ३१ लाख, सशर्त अनुदान ८२ करोड १० लाख विशेष अनुदान ७५ लाख पाउने भएको छ ।

यस्तै लमही नगरपालिकाले ४९ करोड १४ लाख, गढवा गाउँपालिकाले ४२ करोड ६३ लाख, दंगीशरण गाउँपालिकाले दुई करोड २८ लाख, बंगलाचुली गाउँपालिकाले ३१ करोड ७३ लाख, बबई गाउँपालिकाले २९ करोड २७ लाख, राजपुर गाउँपालिकाले ३० करोड सात लाख, राप्ती गाउँपालिकाले ३७ करोड ६७ लाख र
शान्तिनगर गाउँपालिकाले २८ करोड ९६ लाख बजेट पाउने भएको छ ।